site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
अब आजियाटाको प्राथमिकता एआईदेखि टेक्नो कम्पनी हो 
Sarbottam CementSarbottam Cement

नेपालको सबैभन्दा ठूलो करदाता कम्पनीमध्ये एक र वैदेशिक लगानीको उदाहरणीय कम्पनी एनसेल आजियाटाका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ यी बीन ६ वर्षभन्दा बढीको कार्यकाल पूरा गरेर माउ कम्पनी आजियाटामा अझै ठूलो र महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेगरी जाँदै छन् । 

उनको पालामा एनसेलले प्रविधिमा धेरै प्रगति गर्‍यो, आफ्नो नेटवर्क देशव्यापी बनायो, फोरजी सेवा देशभरी ९० प्रतिशत जनतासम्म पुर्‍यायो र फोन सँगसँगै एनसेल एक प्रविधि कम्पनीको रुपमा अघि बढ्यो । 

आजियाटाको प्रवेशसँगै सरकारसँग करको विषयमा केही विवाद भए पनि चोङले सो विवादलाई सहज निकास दिँदै कम्पनीलाई उच्च प्रगति पथमा अघि बढाए । 

Prabhu Bank
Agni Group
NIC Asia

यो कम्पनीले यहाँको सामाजिक क्षेत्र, स्वास्थ्य, शिक्षालगायतमा गरेको सहयोगले एनसेल नेपालकै लागि बनेको कम्पनी हो भन्ने कुरामा धेरैलाई विश्वास बढाएको छ ।

लामो समय नेपालमा बसेका एण्डी चोङले नेपालको आफ्नो कामलाई कसरी हेर्छन्, नेपाल र नेपालीप्रति यिनको दृष्टिकोण कस्तो छ, नेपालमा वैदेशिक लगानीको अवस्था कस्तो रहेको छ र अब नेपालको आर्थिक भविष्य कस्तो देख्छन् जस्ता विविध विषयमा बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले उनीसँग गरेको वार्ताका केही महत्वपूर्ण अंश :

Global Ime bank

–अन्तर्वार्ताका हाइलाइट्स 

–अब नेपालीले फोन थिचेको भरमा सेवा पाउनुपर्छ 

–हामीले नेपालका घरघरमा फाइबरजस्तै वाएरलेस सेवा दिन सक्षम छौँ 

–नेपालको प्रगतिमा मोड ल्याउने धेरै मौका देखेको छु 

–नेपालले अहिले फोरजीको सकेजति फाइदा लिने हो फाईभजीको फाइदा चीन र कोरियाले पनि लिन सकेका छैनन् 

–दुरसञ्चार सेवा प्रदायक कम्पनी खोल्नु भनेको सुपरमार्केट खोलेजस्तो होइन 

–अब हाम्रो प्राथमिकता एआईदेखि टेक्नो कम्पनी हो 

–सरकारलाई मात्रै पर्खिएर हुँदैन, निजी क्षेत्रले पनि यो देशलाई धेरै गर्न सक्छ 

–सामाजिक सञ्जालमा केही व्यक्तिले अझै पनि ‘पहिला कर तिर’ भनिरहेका हुन्छन् । 

    

 

तपाईं मलेसियामा जन्मनुभएको एक इन्जिनियर, जो कामको सिलसिलामा अष्ट्रेलिया र सिंगापुरमा निकै लामो समय बस्नुभयो । यी तीन देशपछि तपाईंको करियरको सबैभन्दा लामो समय नेपालमा बितेको छ । यो देशमा बितेका आधा दर्जन बढी वर्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

– सही भन्नुभयो । म नेपालमा लामै बसें । वास्तवमा नेपालमा लगानी गर्ने विषयमा एनसेल खरिद गर्नका लागि आजियाटाको अध्ययन टिममा म सहभागी थिएँ । नेपालमा लगानी गर्नुपर्छ भनेर हामीले रिपोर्ट दिएको कारण तत्कालीन आजियाटा ग्रुपका अध्यक्ष तथा ग्रुप सीईओले मलाई नेपालमा एनसेल टिमसँग मैले काम पनि गर्न पर्छ भन्ने संकेत गरेका थिए, तर मैले सुरुमा मानिन किनकि त्यसबेला म युरोपतिर थिएँ ।

यो सन् २०१६ जुन महिनाको कुरा हो । यद्यपी, कम्पनीको व्यवस्थापन समूहले पूर्णता नपाएसम्म सघाउन म तयार भएँ र छुट्टीलगत्तै जुलाईमा म चिफ कमर्सियल अफिसरको रुपमा यहाँ आए ।  पहिलो तीन महिना अन्तरिम कार्यभारसहित ठिकै बित्यो तर अर्को तीन महिनामा नेपालमै बस्न मन लाग्न थालेको महसुस गरें । 

समय राम्रै बितिरहेको थियो र नौ महिना पछि नयाँ एन नयाँ चिफ कमर्सियल अफिसर भयो । त्यसछि म २०१७ को महिलो त्रैमासमा आजियाटाको मुख्य कार्यलय फर्किएँ । पुनः नौ महिना भित्र म चिफ कमर्सियल अफिसरका रुपमा नेपाल फर्किएँ र पछि सीईओमा नियुक्त भएँ त्यसपछि म हालसम्म यतै छु । 

नेपालमा के कुराले मन तान्यो ? 

– धेरै त्यस्ता कुरा मध्ये छन् । पहिलो कुरा त यहाँका पहाडहरु अद्भुत र शान्त छन् । सिंगापुरमा त खासमा पहाडै छैन भने मलेसिया र अष्ट्रेलियामा सानामात्र छन् । 

यहाँ साइक्लिङ गर्नुको मजा वर्णन गरिनसक्नु छैन । अझ बसेपछि यहाँको बसाईमा जुन सहजता छ, आडम्बररहित र थोरै कुराले पनि आवश्यकता परिपूर्ति हुने, त्यसले पनि मन जित्ने रहेछ । म बसेका अरु देशमा घरबाट मोटर, मोटरबाट मल त्यति हो ।  आउटडोर भन्ने नै खासै केही हुँदैन । आउटडोर जीवन यहाँको ठिक उल्टो छ । नेपालमा यहाँका मानिस र आउटडोर मलाई एकदमै रमाइलो लाग्छ । 

म खासगरी आउटडोर मन पराउने व्यक्ति भएकाले होला मलाई त नेपालले रोमाञ्चित नै बनायो । 

andi (5)1684039018.jpg

नेपालले मलाई सधैं खुसी बनायो किनकि मेरा यहाँको बसाई सहज र सरल बन्यो । नेपालको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँ आएपछि मानिसले धैर्यता सिक्छ ।
बुझ्नुहुन्छ नि, धैर्यता ? यो आफैँमा एक सद्गुण हो । जे हुन्छ त्यो भएरै छाड्छ, धेरै चिन्ता गरेर केही हुँदैन भन्ने जुन सोच छ नि त्यो पनि अत्यन्त चित्ताकर्षक छ भन्दा हुन्छ । म बसेका अन्य विदेशतिर मान्छेलाई के को हतार हुन्छ, के को ? उदाहरणका लागि सबैजना जतिखेर पनि फोनमै हुन्छन् ।  तर, नेपालमा हेर्नुस् बस चढ्दा मान्छेहरू त्यस्तरी फोनमा नै अड्किँदैनन् । घर गएपछि के के मेसेज छ त्यो हेरौंला भनेर आरामले बस्छन् । हुनत हाम्रो व्यवसायको लागि यस्तो कुरा त्यति राम्रो त होइन तर यहाँका मान्छेको धैर्य र सरल जीवनशैली चाहिँ गजबकै छ । म आफैं पनि यहाँको बसाईमा धेरै शान्त र धैर्यवान् भएको महसुस भएको छ ।

नेपालमा बस्दाका मिठा, नमिठा, तिता, गुलिया संस्मरण के के छन् त ? 

–धेरै छन् सम्भवत त त्यही कारणले यहाँको मेरो बसाई एकदमै आनन्ददायी रह्यो । 

यस्तै कुराले नेपालमा मलाई मेरा काममा उत्साहीत बनाई राख्यो । मैले जे काम गरें मैले त्यसैमा ध्यान दिएँ र रमाएँ । मेरो टिम पनि एकदमै सहयोगी र सक्षम रह्यो, त्यसले मेरो काम सफल हुनका लागि धेरै सहयोग ग¥यो । 

हाम्रा बिजनेश पार्टनरहरु र व्यावसायिक जगतका साथीहरूले म प्रति विश्वास गरे र हामीलाई ठूलो सहयोग गर्नुभयो । 

अनि नेपालमा रमाइलो लाग्ने कुरा यहाँको सादापन पनि सम्झनलायक कुरा हो । 

उदाहरणका लागि तपाईंलाई बटर चाहिएको छ भने कुनै एक डिपार्टमेन्ट स्टोरमा छिर्नुस् त्यहाँ कुनै एक प्रकारको पाइन्छ, लिनुहुन्छ र निस्कनुहुन्छ । विदेशमा भए त्यही बटर थुप्रै थरीका हुन्छन् र तपाईं छान्नलाई केही समय लगाउनु हुन्छ । त्यो नेपालको सादगी पनि कहिले भुल्न सक्दिन ।

एनसेलमा नरहे पनि आजियाटा गु्रपमा बसेर एनसेलका विषयमा निर्णय त लिनुहुन्छ होला नि, हैन ?

–हो र होइन दुवै कारणले आजियाटामा मेरो जिम्मेवारीको दायरा कम परिचालन तर रणनीतिक र दिशात्मक हुनेछ । कर्पोरेट मुख्यालयमा हाम्रो भूमिका भनेको आजियाटा समूहको लगानी रहेको नेपाललगायत हाम्रा विभिन्न अपरेटिङ कम्पनीहरूलाई रणनीतिक सहयोग प्रदान गर्नु हो । मेरो प्राथमिक भूमिका हाम्रा अपरेटिङ कम्पनीहरूको रणनीतिक र दिगो प्रगतिका लागि हुन्छ तर दैनिक हुने अपरेशनल काममा भने मेरो प्रत्यक्ष संलग्नता हुँदैन ।

नेपालको दूरसञ्चार क्षेत्रमा कस्ता चुनौती छन्  ?

–यहाँ बस्दा धेरै नीति परिवर्तनहरुको अनुभव गरियो । परिर्वतन गरिएपनि मैले के महसुश गरे भने व्यवसायलाई सहयोग पुर्याउन समयअनुसार यस्ता फ्रेमवर्क र नीतिहरुलाई विकसित रुप दिनु पर्दछ । यहाँको दूरसञ्चार क्षेत्र सन् १९९० को दशकदेखिनै एउटा ठूलो उद्योगको रुपमा देखिएको हो । यो तीस वर्षको समयमा यो क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ चाहे त्यो प्रविधिमा हो या उपभोक्ताको हेराईमा । त्यसैले यस क्षेत्रलाई समर्थन र पालनपोषण गर्न नियमन परिवर्तन गर्न आवश्यक छ । उदाहरणका लागि आजका मोवाइल प्रयोगकर्ताहरु एसएमएस र परम्परागत भ्वाइस सेवा प्रयोग गर्दैनन् । 

त्यसकारण परम्परागत नीति–नियमको ढाँचामा जुन प्रकारको उभार आउनुपर्ने हो, उद्योग विस्तारका लागि लिइनुपर्ने ‘बेस्ट प्राक्टिसेस’ जस्तो हुनुपर्ने हो त्यो भएन कि झैं लागेको छ । टाढा जान पर्दैन हाम्रा छिमेकी मुलुकहरूले समेत नीति, नियम र नियमनमा समय सापेक्ष परिवर्तन गर्दै गएको देखिन्छ, हामीले त्यसरुपमा यहाँ गरेनौं जस्तो लाग्छ । दूरसञ्चार नियमावलीमा परिमार्जन गरी यस क्षेत्रलाई थप विस्तार गर्ने अवसर छ ।

नेपालमा नीतिगत समस्या के–के हुन् ?

– दूरसंचारका नियम नीति र फ्रेमवर्कहरु छन् । तर, चुनौती के हो भने ति नीतिहरू समयानुकूल रुपमा परिमार्जित हुन सकेनन् ।  नीति नियमहरू एउटा साझेदारको हितलाई मात्र हेरेर बनाइनुभएन । खासगरी साझेदार भन्नाले तीनथरी छन्, एक उपभोक्ता, अर्को सरकार र तेस्रो दूरसञ्चार सेवा प्रदायक हुन् । यी सबैको हित हेरिनुपर्दछ ।

andi (4)1684039017.jpg

भनौं एक साझेदार उपभोक्ताको हितका लागि मूल्य घटाइयो भने त्यो सेवा प्रदायकको दिगोपना र सरकारको राजश्व संकलनमा कस्तो असर पर्दछ त्यो हेरिनु पर्दछ । अहिले यो देशका दुइटै मुख्य सेवा प्रदायकहरुले दूरसञ्चार क्षेत्रको विकासमा गएको साढे चार वर्षमा ६० करोड डलर लगानी गरेका छौं तर यति ठूलो गलानी गर्दा पनि व्यापार भने २६ प्रतिशतले ओरालो लागेको छ । अब यस्तो अवस्थामा कसरी सेवा प्रदायकले लगानीलाई निरन्तरता दिन्छ र ? पहिले यो क्षेत्र सय अर्बको व्यावसाय थियो भने अहिले २०२२ मा घटेर ७४ अर्बको मात्र भएको छ ।

लगानीकर्ताले बजार घट्दै जाने अनि लगानी बढाउँदै जाने कस्तो प्रकारको व्यापार नीति हो भन्दैनन् ? फेरि स्वाभाविक बजारमा आएको मन्दीका कारणले घट्ने व्यापारलाई त नकार्न सकिन्न तर नीति, नियमले यस्तो अवस्था सिर्जना हुँदा अप्ठेरो पर्छ । त्यसैले हामीले संसारका राम्रा उपायहरू (बेस्ट प्राक्टिसेस) अपनाउनु पर्दछ, जुन अरु देशमा सफल भइसकेका हुन् । त्यस्ता नीति, नियमहरू लागु गर्दा अझै पारदर्शी हुनुपर्‍यो र सबै सेवा प्रदायकलाई समान व्यवहार हुनुपर्दछ ।

नेपालले दूरसञ्चार ऐन २०५३ सालमा ल्याएको थियो र अझै संशोधन गर्न सकेको छैन । कुन–कुन कुरामा परिवर्तन गर्नुपर्छ ?

–मैले पहिला भने जस्तै हाम्रो यहाँको दूरसंचार ऐन देश र विदेशमा बदलिएको परिवेशअनुसार परिमार्जन हुन बाँकी छ । दुई, तिन वर्ष पहिला हामीसँग पनि सुझावका लागि अनुरोध गरिएको थियो र एक मुख्य साझेदारका रुपमा र हाम्रीले अन्य देशहरुमा देखेका र भोगेका अनुभव अनुसार सल्लाह र सुझावहरू पनि दियौं ।  

तर, गतवर्ष यो ऐनको संशोधन गर्ने भनेर ल्याएको विधेयकको मस्यौदामा हामीले दिएका सल्लाहहरू समाविष्ट भएको देखिएन । 

andi (3)1684039016.jpg

हामीले दूरसञ्चार उद्योग बढाउने सल्लाह दिएका थियौं, तर सुनुवाई नभएजस्तो देखिएको छ । जस्तै अहिलेको अवस्थामा प्रत्येका पाँच वर्षमा रु २० अर्ब अनुमतिपत्र नविकरण दस्तुर बुझाउन पर्दछ । यदि अहिलेको अवस्थामा नयाँ सेवा प्रदायक बजारमा आउने हो भने उसका लागि पनि अहिलेकैसरह नियम लगाउनुप¥यो, सबैलाई उस्तै व्यवहार हुनुप¥यो । अब संसोधन हुने दूरसंचार कानुनले यस क्षेत्रको विकास, दिगोपना र सबै साझेदारहरुको हित हुने आशा गर्दछु । 

अब तपाईं नेपालको व्यवसाय आजियाटा ग्रुपमा रहेर हेर्नु हुनेछ । अबको दश वर्षमा नेपाल कहाँ पुग्छ जस्तो ठान्नुहुन्छ ?

– नेपाल धेरै सम्भावना भएको देश हो । तपाईंलाई थाहा नहुन सक्छ नेपाल फोरजी डिभाइस जनघनत्वका हिसाबले केही छिमेकी देशहरु भन्दा अगाडि रहेको छ तर मोबाइल डेटा खपतका हिसाबले उनीहरु भन्दा धेरै तल छौं । यसका धेरै कारणहरु छन् र ती मध्ये एक डिजिटल अर्थतन्त्र र जीवन पद्धति अपनाउन नेपाल पछि परेकोले हो ।

धेरै मौका छ नेपालको प्रगतिमा एउटा मोड ल्याउने ।  यस्तो मोड अर्थतन्त्रका लागि निकै महत्वपूर्ण हुनसक्छ ।  उपभोक्ताले दूरसञ्चार सेवा किन्न तिनको क्रयशक्तिले ठूलो भूमिका खेल्छ ।  अहिले उपभोक्ताको क्रयशक्ति नै सबैभन्दा ठूलो चुनौती हो भन्ने लाग्दछ । उपभोक्ताहरू सेवाको उपभोग गर्न सक्ने हुनुपर्‍यो । अहिले टेलिकम कम्पनीहरूले पुर्वाधारमा ठूलो गलानी गरिसकेका छन् र त्यसको तुलनामा सेवा शुल्क घटाउन सकिने अवस्था छैन । उपभोक्ता दूरसञ्चार सेवाको उपभोग बढाउन चाहन्छन् तर थप पैसा तिर्न चाहँदैनन् । त्यसैले डाटाको प्रयोग चार गुणा बढेर गए पनि यो वृद्धिको तुलनमा हाम्रो मोबाइल डेटाको आम्दानी बढेर गएको छैन, उस्तै छ ।

उपभोक्ताको क्रयशक्ति नबढनुमा नेपालमा देखिएको मन्दी पनि कारण हो?

– यसमा कुनै शंका छैन की कोरोना महामारी र यसको प्रभावले गर्दा अर्थतन्त्रमा मन्दि रहेको छ । मुद्रास्फिती बढेको छ, मुद्राको अवमूल्यन भएको छ ।  यसले दूरसंचार क्षेत्रमात्र होइन अरु उद्योगलाई पनि असर परेको छ । सिमेन्ट, घर आदि उद्योगमा समस्या छ । विभिन्न व्यक्ति र ठाउँहरुमा कुरा गर्दा सिमेन्ट उद्योग, उपभोग्य सामाग्री, अटोमोबाइल, निर्माण जस्ता क्षेत्रहरुमा २०१९ को तुलनामा व्यापार ३० देखि ५० प्रतिशतमात्र रहेको छ । त्यसैले अर्थ क्षेत्र अहिले चुनौतिपुर्ण अवस्थामा रहेको छ । .

जनताले डिजिटल जीवनपद्धति अपनाउने भनेको कसरी हो, के हो ?

– यसमा धेरै कुरा पर्छ । जस्तो जे सकिन्छ त्यो भर्चुअल रुपमा गर्न सकिन्छ । 

अरु बजारमा तुलना गर्दा कम्बोडिया जुन ग्लोबल स्ट्यान्डर्ड हिसाबले धनी देश पनि होइन तर त्यहाँका ग्राहकले प्रति महिना २५ गिगाबाइट मोबाइल डाटा प्रयोग गर्छ तर नेपालमा यो खपत केवल ४ गिगाबाइट मात्र छ । 

हुनत कम्बोडियामा अन्य कारण पनि छन् जस्तै फिस्क्ड लाइनको उपलब्धता । तर त्यहाँका उपभोक्ताहरु एकदमै भर्चुअल प्रेमी रहका छन् त्यसैले यहाँको सरदर उपभोक्ता भन्दा त्यहाँका उपझोक्ताको डिजिटल जीवनशैली पद्धति अपनाउने क्रम धेरै छ ।   

andi (2)1684039015.jpg
 
नेपालले डिजिटल जीवनपद्धति अगाल्न नसकेको वर्तमान अवस्थामा नेपाल फाईभजीमा जानु पर्छ कि पर्दैन रु तपाईं समर्थन गर्नुहुन्छ ?

– प्रविधिको रुपमा फाइभजीलाई म समर्थन गर्छु । तर, आर्थिक सम्भाव्यताको दृष्टिबाट हेर्दा नेपालले अहिले त्यो काम गर्न सक्छ र ? लगानीको प्रतिफल कति हुन्छ ?  के हाम्रा जनताले बढेको मूल्यको सेवा खरिद गर्न सक्छन् ? त्यसैले आर्थिक सम्भाव्यताको हिसाबले हेर्दा यो काम गर्न सकिन्न । अहिले चीन र कोरियाले समेत फाईभजीको लगानीको प्रतिफल पाएका छैनन् ।  

अहिले हामीले १० देखि १५ मेगाविट प्रतिसेकेण्डसम्म  दिन्छौं तर  फाइभजीमार्फत यो १५० देखि २०० मेगाविट प्रतिसेकेण्ड हुन सक्छ र वास्तविकता भनेको उपभोक्ताले त्यही गुणस्तरको युट्युब हेर्ने हो भने किन बढी पैसा तिर्छ उसले ? त्यसैले अहिले फोरजीबाट सकेजति फाइदा लिने हो । 

अहिलेनै फोरजीको पूर्ण प्रयोग भएको छैन । फोरजी डाटामा बढी महत्व दिनुपर्दछ जस्तो लाग्छ । यद्यपी इन्टरप्राइज एप्लिकेसन, ताररहित फाइबर जस्तो सेवा युज केसेस् हुन जुन विजनेश क्रिटिकल हुन्छन् र तपाईले बढि शुल्क लगाउन सक्नु हुन्छ ।   

एनसेलको आफ्नै अप्टिकल फाइबर नेटवर्क पनि छ नि । त्यसको अवस्था के छ ? 

–हामीलाई विश्वास छ एनसेलसँग सबैभन्दा ठूलो अप्टिकल फाइबर नेटवर्क छ । यद्यपी घरघरसम्मको पहुँचमा अझै पनि इन्टरनेट सेवा प्रदायकहरूनै अगाडि छन् ।  हामी कन्भरजेन्सका लागि सम्भाव्यता हेरिरहेका छौं र यसले पछि ‘बिल्ड योर ओन’ वा ‘पार्टनर टु ग्रो’को मोडलको रुपमा विकसित हुन सक्छ । 


हाम्रो देशमा अहिले दुई दूरसञ्चार सेवा प्रदायक रहेका छन् । यी दुवैले राम्रो नाफा कमाउन नसकेको भन्ने गुनासो भइरहेकोमा तेस्रो अपरेटरलाई पनि यहाँ प्रवेश गराउने चर्चा चलिरहेको छ । यदि त्यसो भएमा बजारमा कस्तो प्रभाव पर्छ ?

–यदि तेस्रो सेवा प्रदायकले बजारमा प्रवेश गरेको खण्डमा उसलाई र यो क्षेत्रलाई पनि निकै ठूलो चुनौती हुनसक्छ ।  यस्ता चुनौतीका धेरै पाटाहरू छन्, जस्तो पहिलो भनेको यो बजार अहिलेनै स्याचुरेटेड अर्थात् भरिभराउ भइसकेको छ ।

दुईटा अपरेटरलेनै अहिले १३५ प्रतिशत बजार ओगटिसकेको अवस्था छ । दोस्रो, सेवा संचालनका लागि पुर्वाधार नेटवर्क बनाउन निकै धेरै लगानी लाग्छ । यसो भयो भनेपनि गुणस्तरमा भन्दा सेवा सस्तो गराएर वा पहिला निःशुल्क सेवा प्रदान गरेर ग्राहक तान्नेमा प्रतिस्पर्धा हुन्छ । तेस्रो भनेको आफ्नो अनुमतिपत्रको सर्त अनुसार व्यावसायिक रुपमा लगानी नउठ्ने ठाउँहरुमा पनि सेवा दिनपर्ने हुन्छ । त्यसैले, यो बजारमा नयाँ सेवा प्रदायक आउन आर्थिक रूपमा निषेधित हुन सक्छ ।

7M5A46311684039014.jpg

अहिले कुनै अन्तर्राष्ट्रिय सेवा प्रदायक नेपाल आउन चाहला त ?

–म यस बजारमा कुनै अन्य बाहिरबाट चासो राखेको पार्टीको बारेमा पक्कै सचेत छैन । मैले अघि बताए जस्तै यो घटिरहेको स्याचुरेटेड मार्केट हो र नियमनले सेवा प्रदायकहरुको शुल्क अझै घटाएको छ जुन अनूकुल छैन । तर भिन्न आकांक्षा राखेका र नाफा चाँडै नखोज्ने लगायतका कारणले कोही प्रवेश गर्ने सम्भावना छैन भन्न खोजेको होइन ।

जब नेपालमा विदेशी लगानीको सफलताको कुरा आउँछ एनसेलको उदाहरण सुरुमा आउँछ । नेपालमा सबैभन्दा ठूलो वैदेशिक लगानी रहेको सेवा प्रदायकका रुपमा कस्तो अनुभव छ ?

–हामी प्रविधि कम्पनी हौं र हामीले विभिन्न किसिमका सेवा उपलब्ध गराउँछौं । सामान्य रुपमा वैदेशिक लगानीको दृष्टिकोणबाट नीति र फ्रेमवर्कले यहाँ विदेशी लगानीलाई समर्थन गर्छ । तर, कुनै पनि विदेशीलगानीकर्ताले अपेक्षा गर्ने लाभांश लैजाने बिषय चुनौतीपूर्ण छ । एनसेलका लागि यो बिषेश गरी चुनौतीपूर्ण थियो भन्ने मेरो अनुभव छ ।

यसबाहेक अन्य हाम्रो व्यावसायका लागि अपरेशनल चुनौतीहरु पनि छन् । उदाहरणका लागि साइटका लागि जमिन अधिग्रहण गर्न, उपकरणहरुको आयात गर्न, स्पेक्ट्रमको निष्पक्ष हिस्सा पाउनु र टावर निमार्ण गर्नुलगायत । यो टेलिकम अपरेटरहरुका लागि युनिक हुनसक्छ र म अन्य विदेशी लगानीका क्षेत्रबारे बोल्न सक्दिन ।

आजियटा समूहले डिजिटलाइजेसनलाई ठूलो महत्व दिएको छ । यसबारे केही जानकारी दिन चाहनुहुन्छ कि ?
 

–(आजियटा)ग्रुपले अपरेशनल स्तरमा काम गर्दैन तर हाम्रो बिजनेसका लागि नेतृत्वदायी विचार र रणनीतिक सहयोग भने गर्छ । उदाहरणका लागि व्यवसायीक ढाँचा अघि बढ्दै जादा आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को प्रयोग गरिनु पर्ने र दूरसञ्चारसेवा प्रदायकबाट प्रविधि कम्पनीमा रुपान्तरण हुँदै परम्परागत काम व्यवासयलाई अलग पार्दै एप्लिकेसन लेभलमा काम हुनुपर्छ ।

अहिलेको समयमा लगानीकर्ताहरु टेलिकम्युनिकेसन कम्पनी (टेल्को) भन्दा प्रविधि कम्पनी (टेकको)मा बढी इच्छुक छन् र त्यस्ता कम्पनीहरुमा बढी भ्यालुएसन राख्छन् ।

किनभने टेल्को भन्दा टेकको सम्भावित ग्रोथ निकै धेरै ठानिएको छ । हामी पूर्वाधार भन्दा पनि सेवा र एप्लिकेसन डेलिभरीमा बढी ध्यान दिइरहेका छौं । र यो परिवर्तन वा रुपान्तरणका लागि माइन्डसेन्टको पनि फेरिन आवश्यक छ ।

धेरै टेल्को प्रोफेसनलहरुको डीएनएमा नै टेल्को जोडिएको छ हामीले त्यसलाई अहिले तयार बजारमा सिफ्ट गर्नुपर्छ नयाँ जनशक्ति हामी टेक्नो क्षेत्रबाट थप्न खोजिरहेका छौं ।

एनसेलले सामाजिक क्षेत्रमा निकै धेरै काम गरिरहेको देखिन्छ । तपाईँको विचारमा सामाजिक क्षेत्रमा एनसेलको यो खर्चले के नेपाली समाजले एनसेलतर्फ निष्ठा देखाएको छ ?
 

–मलाई लाग्छ हामीले पछिल्लो दश वर्षमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा अरु कुनै कम्पनी भन्दा बढी जिम्मेवारी निभाएका छौं ।

तर, समग्रमा नेपालीले हामीलाई हेर्ने दृष्टिकोणकोमा सकारात्मक परिवर्तन भएको देखिँदैन । तर हाम्रो कामले छोएको निकै धेरै जनसंख्या पनि छ र हामी हाम्रो सामाजिक उत्तरदायित्वलाई सकारात्मक भावनात्मक सम्बन्धका रुपमा हेर्छाैं ।

हाम्रो सामाजिक उत्तरदायित्वको पहलबारे भन्नु पर्दा हामी ३ वटा क्षेत्र, शिक्षा, टेलिमेडिसिन र वातावरणमा केन्द्रित छौं । त्यसैले टेलिमेडिसिन, काठमाडौंमा हरियाली बढाउन, विद्यालयमा डिजिटल शिक्षा ल्याउन, छात्रवृटि र पूर्व चेतावनी प्रणालीका क्षेत्रमा हाम्रा महत्वपूर्ण कामर्यक्रमहरु छन् ।

सबैभन्दा बढी देखिने प्रयास भनेको रिङ रोडको हरियाली हो जहाँ हामीले करिब साढे १० किलोमिटर खण्डलाई सुन्दर र हरियाली बनाएका छौं । 

नेपाली जनताका लागि गर्न सक्ने कुरा गर्नका लागि हामी अग्रपङ्तीमा रहेको मेरो विश्वास छ । यसलाई अझैं गति दिन सबै नीजि कम्पनीहरुले सहभागी भएर आफ्नो तरिकाले यसलाई सम्भव बनाउँन सक्छन् ।

तपाईँ लामो समय नेपालमा बस्नु भयो, नेपाली युवाका लागि के सन्देश छ ?

–म यहाँ आएको विगत ६ वर्षमा युवाहरुमा केही महत्वपूर्ण र सकारात्मक काम गर्ने ठूलो इच्छा रहेको देखे । मलाई लाग्छ हामीसँग जोडिएका, स्टार्टअप सुरु गरेका र टेक कम्पनी सुरु गरेकाहरुले एकदमै राम्रो गरिरहेका छन् ।

यस किसिमको परिवर्तनको इच्छा मसँग अन्र्तक्रिया भएका थुप्रै युवामा देखिएको छ । तर कठोर वास्तविकता भनेको यी युवा र मोटिभेटेड मान्छे बढ्दो रुपमा वैदेशिक रोजगारीतर्फ आर्कषित भएका छन् जहाँ उनीहरुले आफ्नो काम अनुसारको रिवार्ड पाउँछन् किनकी नेपालमा सिमित अवसर छन् ।

andi (1)1684039014.jpg

हामीसँग युवालाई विदेश जानबाट रोक्ने कुनै निश्चित नीति वा कार्यक्रम छैन । एनसेलले ह्याकाथनको आयोजना गरेको छ, एमआईटीको कार्यक्रम ल्याएको छ र दक्ष विद्यार्थीलाई हामीले गर्न सक्ने सहयोग गरेका छौं ।
सामाजिक उत्तरदायित्वको महत्वपूर्ण प्रयास शिक्षा भएका कारण हामी यस्तो सहयोग र यस्ता कार्यक्रम ल्याउन जारी राख्ने छौं । 

यो देशका लागि हामीले प्लेटफर्म र उपलब्ध गराउन सकेनौं र संरक्षण गर्न सकेनौं भने ब्रेन–ड्रेन ठूलो चुनौती हो ।

मैले सहश्राब्दी (मिलिनियल्स)को व्यवस्थापन चुनौतीबारे तपाईको धारणा कहीँ पढेको थिएँ, यसमा केही प्रकाश पार्दिनुहुन्छ ?

–हो, मैले भनेको थिए किनकी यो फरक छ । ८० को देशक र ९० को दशकको व्यवस्थापन अहिलेको जस्तो छैन् । र यो मेरो व्यक्तिगत पारिवारिक अनुभवबाटै पनि झल्किनसक्छ । अहिलेका सहश्राब्दीले फरक किसिमको व्यवस्थापन पद्यति माग्छन् ।

यदि मैले मेरो छोरीलाई उदाहरणका रुपमा भन्ने हो भने, उनले कुनै पनि कम्पनीका लागि जागिरका रुपमा काम गर्न सक्छिन् । कम्पनीको दिगोपना र मानवीय मुद्दाको दर्शनका सन्दर्भमा उनी जागरुक छिन् ।

मैले के भन्न खोजिरहेको छु भने मिलिनियल्सहरुले कसका लागि काम गर्ने, त्यसले उनीहरुलाई के अनुभव दिन्छ र उनीहरुले गरेको काम कत्तिको दिगो हुन्छ भन्ने कुरा रोज्छन् ।

उनीहरुलाई के गर्ने, कहाँ गर्ने र कसरी गर्ने भनेर यत्तिकै भन्न सकिन्न । मिलिनियल्सहरुले यसको आउटकम के हुन्छ र कहिले हुन्छ भन्ने चाहन्छन् र कम्पनीले अनुमति दिएको बेलमा उनीहरुले कहिले, कहाँ र कसरी त्यो कुरालाई डेलिभर गर्ने भनेर डिसाइड गर्छन् ।

अन्त्यमा केही सन्देश छ ?

–यो देशलाई अघि बढाउन यो सरकारले निकै धेरै गर्न सक्छ तर, कर्पाेरटहरुले पनि यसका लागि कदम चाल्न आवश्यक छ । सायद सार्वजनिक र निजी सहकार्यबाट ।

हाम्रो कुराकानीमा अघि भने झैं, धैर्यता भनेको नेपालमा बस्ने एक महत्वपूर्ण गुण हो, तर त्यसो भन्दैमा हाम्रा लागि कसैले अरुले गरिदिन्छ भनेर कुर्ने भने हैन् । एकातिर धैर्यता भनेको गुण हो तर, अर्कातिर विकासका लागि परिवर्तन हेर्ने दृढ संकल्प आवश्यक हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC