site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचार उन्मूलन गर्ने सशक्त कानुन चालु संसद्मै ल्याउनुपर्छ : महर
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचार उन्मूलनका लागि संसद्ले साझा संकल्प पास गरेर चालु अधिवेशनमा आवश्यक ठोस कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

सुशासनका लागि सामाजिक अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुमाथि गहन अनुसन्धान गरी दोषी प्रमाणित भएका ठूला, साना सबैलाई कडा कारबाही हुनुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी समेत बेलाबेलामा भ्रष्टाचारमा मुछिएको बताउँदै महरले अहिले पनि अख्तियारको खुट्टा धर्मराएको पो हो कि भनेर प्रश्न गरे ।

“भ्रष्टाचारका कारण देशको सुशासनको अवस्था कमजोर मात्रै होइन कि, अन्तर्राष्ट्रिय जगतमा देशको बेइज्जत समेत भएकाले चालु संसद्मा सांसदहरुले भत्तामात्रै पकाउनुभन्दा पनि भ्रष्टाचार नियन्त्रणसम्बन्धी आवश्यक कानुनन निर्माण गर्नुपर्छ । सम्बन्धित निकालले दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुदैन,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement