site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
झापामा तय गरिएको एमाले केन्द्रीय कमिटी बैठकको स्थान किन फेरियो ?
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको स्थान अन्तिम समयमा फेरिएको छ । यसअघि बैठक वैशाख २९–३१ गतेसम्म झापाको दमकमा बस्ने गरी तय गरिएको थियो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक २८–३० काठमाडौंस्थित केन्द्रीय कार्यालय च्यासलमा नै बस्नेछ । बैठकको एजेण्डा तय गर्नका लागि २६ गते सचिवालय बैठक बोलाइएको छ ।

पार्टीका उपमहासचिव विष्णु रिमालका अनुसार संसद्को बजेट अधिवेशनका कारण बैठकको स्थान सारिएको हो । संसद्को दोस्रो ठूलो दल चार दिन बाहिर जाँदा प्रभावित हुने भएकाले बैठक सारिएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“बजेट अधिवेशन सुरु भयो । अधिवेशन लम्बिन पनि सक्छ । केही नेताहरुमात्रै जाने कुरा त भएन । धेरै सांसदहरु केन्द्रीय सदस्य हुनुहुन्छ,” रिमालले बाह्रखरीसँग भने, “बैठकका लागि ढुक्कै चार दिन जानुपर्यो । संसद्को दोस्रो ठूलो दल त्यसरी जान हुँदैन भनेर बैठक सार्ने निष्कर्षमा पुग्यौँ ।”

एमालेको केन्द्रीय कमिटी बैठक पहिलोपटक उपत्यका बाहिर बस्ने गरी तय भएको थियो । बैठक उपत्यका बाहिर लैजानुलाई नेताहरुले विकेन्द्रीकरणको प्रयासको रुपमा पनि व्याख्या गरेका थिए ।

Global Ime bank

यसपटकको बैठक संघीय राजधानीमै फर्किए पनि ६ महिनापछि बस्ने बैठक भने झापामा नै हुने रिमालको भनाइ छ । “हाम्रो ६–६ महिनापछि हुने बैठक हुन्छ । अहिलेलाई यतै बसौँ, अर्को बैठक उता बसौँला भनेर सारिएको हो,” उनले भने ।

केही समयअघि गाउँ पसेको एमालेले ग्रास रुट अभियानको समीक्षा अध्यक्ष ओलीको गृहनगरमा गएर गर्न लागेको थियो ।  तर, बैठकमा झापमा राखेकोमा केही नेताहरुले असन्तुष्टि जनाउँदै काठमाडौंमा नै गर्न सुझाएका थिए ।

त्यस्तै, केही समयअघि झापा, पाँचथर, इलामलगायतका जिल्लाको कार्यक्रममा जाँदा एमाले अध्यक्ष ओलीलाई लक्षित गरेर आक्रमणको प्रयास समेत भएका थिए । कोसी प्रदेशको नामकरणमा असन्तुष्टि व्यक्त गर्दै ओलीमाथि ढुंगामुढाको प्रयास भएको थियो ।

ओलीले पूर्वराजा र सत्तारुढ दलका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको/गराएको बताएका थिए । पहिचानको नाममा प्रदेशको नामकरण हुनपर्ने भन्दै आन्दोलन जारी नै छ ।

एमाले लक्षित आक्रमणको प्रयास भइरहेका बेला त्यही ठाउँमा बैठक बस्दा हुनसक्ने सम्भावित परिणामलाई मध्यनजर पनि गरिएको नेताहरु बताउँछन् । तर, उपमहासचिव रिमाल भने आन्दोलनका कारण बैठक सारिएको भन्ने कुरा खारेज गर्छन् ।

“हामीलाई आन्दोलनको मतलव भएन । पहिले मधेसमा लखेटिँदा पनि गएकै थियौँ नि,” उनी भन्छन्, “हाम्रो विरुद्धको आन्दोलन त होइन होला नि । कोसी एमालेको मात्रै त होइन होला नि !”

अन्तिम चरणमा पुगेको थियो व्यवस्थापन

झापामा तय गरिएको बैठकको व्यवस्थापनको जिम्मेवारी जिल्ला कमिटीले पाएको थियो । व्यवस्थापन लगभग अन्तिम चरणमा पुगेपछि बैठक स्थगितको खबर आएको जिल्ला अध्यक्ष दीपक कार्की बताउँछन् ।

“व्यवस्थापनको काम लगभग भइसकेको थियो । पार्टी प्यालेस, होटेलसँग कुराकानी टुंगिसकेको थियो । खर्चका विषयमा फाइनल गर्ने तयारी आज गरेका थियौं । स्थगित भएको खबर आयो,” उनले बाह्रखरीसँग भने ।

बजेटको बेला चार दिन सांसद बाहिर अल्मलिँदा असहज हुने भएकाले बैठक सारिएको खबर आएको उनले बताए ।

“बजेटको बेलामा सांसदहरु त्यहीँ लाग्नुपर्ने । यहाँ चार दिन अल्मलिँदा अफ्ठ्यारो हुने भयो,” उनले बाह्रखरीसँग भने, “ अहिलेको बैठक काठमाडौंमा नै गर्ने र सहज भएकाले बेला यहाँ गरिने कुरा भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement