site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा मन्त्री बन्न अन्तिम कसरत, भागबन्डा मिलाउन मुख्यमन्त्री काठमाडौंमा
Sarbottam CementSarbottam Cement

पोखरा । वैशाख २१ गते प्रदेश सभाबाट विश्वासको मत लिएपछि कार्यालय खुल्ने दिन आइतबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकैदिन दुईवटा महत्त्वपूर्ण निर्णय गरेका छन् । धेरैले चासो राख्ने र नियुक्ति खोज्ने प्रदेशको आकर्षक पद हो, ‘योजना आयोगको उपाध्यक्ष ।’

उपाध्यक्षले राज्यमन्त्री सरहको सुविधा पाउँछन् भने प्रदेशको नीति तथा कार्यक्रम देखि बजेट सबैमा योजना आयोग ठोकिन्छ । तसर्थ, सरकारका लागि निकै महत्त्वपूर्ण रहेको योजना आयोगको उपाध्यक्षमा मुख्यमन्त्री पाण्डेले आफ्नै नगरपालिकाका डा. कृष्ण देवकोटालाई नियुक्त गरेका छन् । पाण्डे र देवकोटाले आधारभूत तह अध्ययन एउटै विद्यालयमा गरेका हुन् । पालुङटारवासी भए पनि यी दुइको वडा भने फरक हो ।

४१ वर्षका देवकोटा गण्डकीको योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनेमध्येमा सबैभन्दा कम उमेरका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबाहेक पाण्डेले, आइतबार नै गोरखाकै प्रदेश सांसद नन्दप्रसाद न्यौपानेलाई कांग्रेस संसदीय दलको प्रमुख सचेतक नियुक्त गरे । गोरखा १ (ख) बाट प्रदेशसभामा विजयी भएका न्यौपानेलाई पाण्डेले संसदीय दलभित्रको आकर्षक पदमा नियुक्त गरेका हुन् ।

पाण्डेलाई न्यौपानेलाई नियुक्त गर्नासाथ कांग्रेसभित्रै एक समूहमा असन्तुष्टि देखिएको छ ।

Global Ime bank

कारण, आफू मन्त्री बन्ने सम्भावना नभएपछि धेरै सांसदको आँखा ‘प्रमुख सचेतक’ मा नै परेको थियो । सत्तारूढ दलको प्रमुख सचेतकले सवारीसहितको सुविधा पाउँछन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएकै दिन एक हप्ताभित्रै मन्त्रिपरिषद्को टुंगो लगाउने भनेका थिए । वैशाख १५ गते मुख्यमन्त्रीसँगै दुईजना विनाविभागीय मन्त्रीले शपथ लिएका छन् । अब गण्डकीमा थप ४ जना मन्त्री बन्छन् ।

माओवादीले कम्तीमा तीन मन्त्रालयको दाबी गरिरहेको छ । माओवादीबाट यसअगाडि नै सुशिला सिंखडा विनाविभागीय मन्त्री भइसकेकी छन् । खगराज अधिकारी नेतृत्वको सरकारमा दुई मन्त्रालय लिएको माओवादीलाई अहिले कांग्रेसले पनि समान मन्त्रालय दिन तयार छ । तर, माओवादीले भने अडान छाडेको छैन ।

एकजना मात्रै सांसद भएको नेकपा (एकीकृत समाजवादी) पनि आफ्ना सांसद मन्त्री हुनुपर्ने अडानमा छ । एकीकृत समाजवादीका सांसद दीपक मनाङे (राजीव गुरुङ) हुन् । उनले पनि आफूलाई मन्त्री बनाउनका लागि पार्टीका शीर्ष तहमा दबाब पुर्‍याइरहेका छन् ।

कांग्रेसभित्रै मन्त्री छान्न उस्तै सकस छ । कांग्रेसबाट यस अगाडि नै मुख्यमन्त्री पाण्डेसहित सरस्वती अर्याल तिवारी विनाविभागीय मन्त्री बनिसकेकी छन् ।

अब कांग्रेसले बढीमा तीन मन्त्रालय पाउने छ ।  त्यो पनि टुंगो छैन । आफ्नै दलभित्रका सांसदको इच्छादेखि माओवादी र एकीकृत समाजवादीको दबाबलाई यहीबाट निकास दिन सक्ने नदेखिएपछि मुख्यमन्त्री पाण्डे आइतबार साँझ नै काठमाडौं लागेका छन् ।

उनीसँगै कांग्रेसबाट मन्त्रीका आकांक्षी सांसद पनि काठमाडौं गएका छन्, कोही भने भोलि जाने तयारीमा छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले माओवादीलाई दुईवटा मन्त्रालयमा नै कन्भिन्स गर्नका लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट गर्नेछन् । उनले सोमबार बिहानको समय नै लिएर प्रचण्डसँग गण्डकीको बारेमा ब्रिफिङ गर्नेछन् ।

एकीकृत समाजावदी बारेमा पनि उनले कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूसँग भेट गर्नेछन् ।
कांग्रेसबाट नै मन्त्रिपरिषद्मा कसलाई सहभागी गराउने विषयमा पनि उनले सभापति देउवाबाट नै सूची लिएर आउनेछन् ।

सम्भवतः मिलेसम्म भोलिमा नै मन्त्री बन्नेहरूको नामको टुंगो लाग्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement