site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको आरोप : सरकारले नै ममाथि आक्रमण गर्न लगायो 
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाएका छन् । नेकपा (एमाले) सांसदीय दलको बैठकमा ओलीले सरकारले नै लगाएका १५/२० जनाको समूहले आफूमाथि लगातार आक्रमणको प्रयास गरेको बताए ।

“प्रमुख प्रतिपक्षी दलको नेता एउटा विद्यालय शिलान्यासमा जाँदा आक्रमण हुन्छ । तर, सरकारलाई त्यो कुनै चासोको विषय नै बन्दैन,” ओलीले भने, “सरकारकै योजनामा भएर त होला, म जहाँ जान्छु, १५/२० जनाको समूहले अगाडि र पछाडिबाट अक्रमण गर्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रहरीलाई केही नगर्नु भन्ने निर्देशन दिएर अराजकतालाई सरकारले संरक्षण गरेको पनि आरोप लगाए ।

“प्रहरीभन्दा थेरै संख्याका अराजकहरुले आक्रमण गर्छन् । प्रहरीको अनुहार ढुंगाले कुच्याउँछन् । तर, प्रहरी केही पनि गर्दैन,” ओलीले भने, “प्रहरीलाई केही नगर्नु भन्ने निर्देशन छ रे ।” 

Global Ime bank

उनले आफ्नो ५८ वर्षको राजनीतिमा यस्तो अवस्था कहिल्यै नदेखेको बताए ।

केही हप्ताअघि झापासहित पूर्वका जिल्लामा ओलीलाई कालो झण्डा देखाउनेसहितका अवरोध भएका थिए । कोसी प्रदेशको नामकरणविरुद्धका पहिचानवादीहरुका तर्फबाट ओलीलाई कालो झण्डा देखाउने तथा अवरोध गर्ने काम भएको थियो । ओलीले भने नाम एउटाको, काम अर्कैको भएको आरोप लगाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement