site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्व प्रसिद्ध गायक एड शिरन प्रतिलिपि अधिकारको मुद्दामा निर्दोष ठहर
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्व प्रसिद्ध गायक एड शिरन प्रतिलिपि अधिकारसम्बन्धी मुद्दामा निर्दोष ठहर भएका छन् ।

मार्भिन गेको ‘लेट्स गेट इट अन’ शीर्षक गीतबाट ‘गिटार कोर्ड्स’को रचना, संयोजन चोरेको भन्दै शिरनविरुद्ध मुद्दा दायर गरिएको थियो । बिहीबार उनलाई निर्दोष ठहर गरिएको हो ।

Agni Group

शिरनको सन् २०१४ मा सार्वजनिक ग्रामी अवार्ड विजेता गीत ‘थिंकिङ आउट लाउड’ शीर्षकको गीतका कोर्ड्स गेको गीतबाट चोरेको आरोप उनीमाथि लागेको थियो ।

गएको हप्ता शिरनले अमेरिकाको संघीय अदालतमा ‘थिंकिङ आउट लाउड’ आफू र सहयोगीले अनुभवबाट उक्त गीतको संयोजन गरेको बताएका थिए । बयानका क्रममा उनले अदालतमै गीत गाएर सुनाएका थिए ।

Global Ime bank

‘लेट्स गेट इट अन’का सहसंयोजकका परिवारले शिरनविरुद्ध मुद्दा हालेको थियो ।

यो शिरनविरुद्धको पहिलो प्रतिलिपि अधिकारको मुद्दा भने होइन । यसअघि, उनको बहुचर्चित गीत ‘फोटोग्राफ्स’विरुद्ध ‘द एक्स फ्याटकर’का विजेता म्याट कार्डलले प्रतिलिपि अधिकार हनन गरेको भन्दै मुद्दा हालेका थिए । त्यसपछि कार्डललाई पनि गीतमा क्रेडिट दिएपछि उक्त मुद्दामा मिलापत्र गरिएको थियो ।

उनको अर्को गीत ‘शेप अफ यु’ पनि विवादमा परेको थियो ।

के हो प्रतिलिपि अधिकार ?
प्रतिलिपि अधिकार कुनै रचनाको रचयितामा रहने अधिकार हो । नेपालमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले यो अधिकार सुनिश्चित गरेको छ । साहित्य, कला, ज्ञान–विज्ञान र अरू क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले प्रस्तुत रचनामा प्रतिलिपि अधिकार हुने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC