site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा पुनर्संरचनाको माग राखेर कर्मचारीहरू नै आन्दोलित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरू नेप्सेमा पुनर्संरचनाको माग राखेर आन्दोलित बनेका छन् ।

नयाँ स्टक एक्चेन्जका लागि लाइसेन्स दिने तयारी भइरहेका बेला नेप्सेका कर्मचारीहरूले अहिलेको स्टक एक्सचेन्जलाई पुनर्संरचना गर्नुपर्ने माग राखेका हुन् । 

अहिलेको अवस्थामा अर्काे स्टक एक्सचेन्ज आवश्यक नभएको उनीहरूको तर्क छ । उनीहरूले अहिलेको स्टक एक्सचेन्जलाई सुदृढ गरेर प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । 

आन्दोलनको नेतृत्व नेप्से कर्मचारी संघले गरेको छ ।

नेप्सेको भवनमा राखिएको ब्यानरमा ‘नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन : नेप्सेको पुनर्संरचनाबाटै कर्पाेरेटाइजसन र मोडेर्लाजेशन गर’ लेखिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro