site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोपा इटालियाको फाइनलमा इन्टरको प्रतिद्वन्द्वी फियोरेन्टिना 

काठमाडौं । क्रेमोनेसेसँग दोस्रो लेगमा गोलरहित बराबरी खेले पनि समग्रमा २–० को नतिजासहित फियोरेन्टिनाले बिहीबार राति कोपा इटालियाको फाइनलमा स्थान पक्का गरेको छ । फियोरेन्टिनाले अब उपाधिका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । 

६ पटकको उपाधि विजेता फियोरेन्टिनाले पहिलो लेगमा क्रेमोनेसेलाई २–० ले हराएको थियो । उक्त जितमा अर्थर काब्रल र निकोलस गोन्जालेजले गोल गरेका थिए । फियोरेन्टिनाले कोपा इटालियाको फाइनलमा स्थान बनाएको यो ११औँ पटक हो । र, २०१४ पछि पहिलोपटक फाइनलमा स्थान बनाउन सफल भएको हो । 

दुवै टिमले साबधानीपूर्वक खेल सुरु गरेका थिए । सुस्त खेलेको दुवै टिमले पहिलो हाफमा एक प्रहारमात्र विपक्षी पोष्टमा गरेका थिए । दोस्रो हाफमा फियोरेन्टिनाले केही सुधारिएको प्रदर्शन गरे पनि क्रेमोनेसेको रक्षापंक्ति तोड्न सकेन । 

फियोरेन्टिनाले अब उपाधिका लागि साविक विजेता इन्टरसँग २४ मेमा प्रतिस्पर्धा गर्नेछ । इन्टरले बुधबार राति युभेन्टसलाई १–० तथा समग्रमा २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro