site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युट्युबमा १८ वर्षअघि अपलोड गरिएको पहिलो भिडियो कस्तो छ ?

काठमाडौं । १८ वर्षअघि जावेद करिम नाम गरेका युवाले पहिलोपटक युट्युबमा भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोमा युट्युबका सहसंस्थापक करिम अमेरिकाको सान डिएगोस्थित चिडियाखानामा हात्तीहरूको अगाडि उभिएका छन् ।

१८ सेकेन्डको 'मी एट द जू' शीर्षकको भिडियोमा उनले भनेका छन्, “अल राइट, हामी यहाँ हात्तीहरूको अगाडि छौँ । यिनीहरूको बारेमा राम्रो कुरा भनेको साँच्चै लामो सुँड हो । र, अहिले भन्नका लागि यत्ति नै हो।”

निम्न गुणस्तर (लो क्वालिटी)को यो भिडियो सन् २००६ को अप्रिल १४ मा युट्युबमा अपलोड गरिएको थियो । यतिबेलासम्म युट्युबका संस्थापकहरू सुरुमा डेटिङ वेबसाइटका रूपमा बनाइएको युट्युबलाई भिडियो अपलोड गर्ने प्लेटफर्मका रूपमा विकास गर्न थालिसकेका थिए ।

स्ट्यानफोर्ड युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक डिग्री गरेका करिमले गुगगले किनेसँगै कम्पनी छाड्दा ६ करोड ४० लाख अमेरिकी डलर मूल्य बराबरको एक लाख ३७ हजार ४ सय ४३ गुगलको सेयर पाएका थिए । गुगले सन् २००६ मा युट्युब किनेको थियो ।

युट्युब छोडेपछि करिमले युट्युबमा कमेन्ट गर्न गुगल प्लसको अकाउन्ट चाहिने, डिस्लाइक लुकाउने जस्ता फेरबदलको आलोचना गर्दै आएका छन् । पछि करिमले भेन्चर क्यापिटल फर्म वाई भेन्चर्स खोलेका थिए । यसले एयरबीएनबी, रेडइट, इभेन्टब्राइट जस्ता कम्पनीहरूमा लगानी गरेको छ । युट्युबका संस्थापकहरू स्टिभ चेन, चाड हर्ली र जावेद करिम हुन् ।

हेर्नुहोस् भिडियो :

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro