site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
गुगलका सीईओले २०२२ मा लिए २९ अर्ब तलब
Ghorahi CementGhorahi Cement

काठमाडौं । गुगल एवं यसको अभिभावक कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सन् २०२२ मा करिब २२ करोड ६० लाख अमेरिकी डलर (२९ अर्ब रुपैयाँभन्दा बढी) तलब पाएका छन् ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार उनको यो तलब कम्पनीका कर्मचारीको औसतभन्दा ८०० गुणा बढी हो । पिचाईले पाएको यो तलबमा करिब २१ करोड ८० लाख रुपैयाँबराबरको सेयर भएको जनाइएको छ ।

Dabur nepal
Agni Group

गएको जनवरीमा कम्पनीले आर्थिक स्थितिका कारण करिब १२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।

यो महिनाको सुरुमा बेलायतको लन्डनस्थित गुगल कार्यालयका कर्मचारीले विरोध प्रदर्शन गरेका थिए । गएको मार्चमा २०० जनाको रोजगारी कटौती गरिएपछि स्वीट्जरल्यान्डको जुरिचस्थित कार्यालयका कर्मचारीले प्रदर्शन गरेका थिए ।

गुगलले अहिले बार्ड एआई च्याटबटमा काम गरिरहेको छ । यसले जाभा, सी प्लस प्लस र पाइथनलगायत २० प्रोग्रामिङ भाषामा कोड गर्न सक्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu