site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मिटरब्याजीपीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको शान्तिवाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ ।

नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न तथा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो ।

Dabur Nepal
NIC Asia

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा धर्नाका क्रममा झडप हुँदा घाइते भएका व्यक्तिको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न सरकारसँग आग्रह गरिएको छ ।

साथै, विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रूपमा गर्न धर्नामा बसेकालाई आयोगले अनुरोध गरेको छ । न्यायको माग राखी विगत केही दिनदेखि धर्नामा बसेका ‘मिटरब्याज’पीडितमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवम् धरपकड गरिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटनाको आयोगले स्थलगत अनुगमन गरेको छ । शान्तिपूर्ण धर्नामा रहेका ‘मिटरब्याज’पीडित प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्तिवाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लगाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ ।

उक्त धर्नामा रहेका व्यक्तिलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितले प्रयोग गरिरहेको खाना पकाउने ग्यास, खाद्यान्नलगायत सामग्री जबर्जस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धालाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

प्रहरीको कुटपिटबाट घाइते भएकाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अस्पताल प्रशासन तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएका व्यक्तिलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिएको छ ।

घाइतेमध्ये अधिकांशको टाउकामा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर रहेको अनुगमनको क्रममा पाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro