site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा
फाइल तस्बिर ।

काठमाडौं । केही दिनयता देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।

विभागका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन् । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ । आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई)का अनुसार काठमाडौं दोस्रो सूचीमा रहेको हो ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् । १०० भन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौंको एक्यूआई अहिले १९२ छ ।

सूचीको पहिलो स्थानमा थाइल्यान्डको च्याङमाइ सहर रहेको जनाइएको छ । च्याङमाइको एक्यूआई २२२ छ ।

यसैगरी, तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बंगलादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।

५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई ३०० भन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro