site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२४ घण्टामा ९५६ नमुना परीक्षण : थपिए ६४ संक्रमित 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५६ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ६४ जनाको नतिजा ‘पोजिटिभ’ आएको हो ।

यो अवधिमा १५१ नमुनाको पीसीआर परीक्षण गर्दा २१ र ८०५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २२ जनाको मृत्यु भएको छ ।

यो अवधिमा देशभर ४५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ७२९ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro