site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एलन मस्कले खोले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ‘एक्सडटएआई’
Sarbottam CementSarbottam Cement

काठमाडौं । एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्समा समर्पित एउटा नयाँ कम्पनी एक्सडटएआई स्थापना गरेको बताइएको छ ।

नेभाडामा गएको महिना इन्कर्पाेरेट गरिएको यसको निर्देशकका रूपमा हाल अर्बपति उद्यमी मस्क र मस्कको पारिवारिक कार्यालयका निर्देशक जारेड बिरचल सचिवका रूपमा रहेका छन् । यो मस्कले यसै वर्षको मार्च ९ मा दर्ता गराएको देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मस्कले एआई कम्पनी सुरु गर्नेबारेको हल्ला धेरै पहिलेदेखि फैलिएको थियो । बिजनेस इनसाइडरको रिपोर्टले मस्कले नयाँ आउने जेनेरेटिभ एआई उत्पादनलाई सञ्चालन गर्ने हजारौँ ग्राफिक प्रोसेसिङ इकाइहरू (सीपीयू) खरिद गरेको खुलासा गरेको छ ।

फाइनान्सियल टाइम्सले पनि मस्कले माइक्रोसफ्ट समर्थित ओपन एआईसँग प्रतिस्पर्धा गर्न एआई फर्म बनाउने योजना बनाएको जनाएको थियो । यसका लागि कथित रूपमा मस्कले स्पेसएक्स र टेस्लाका लगानीकर्तासँग लगानी समेत खोजेका थिए ।

Global Ime bank

ट्विटर स्पेसमा एक अन्तर्वार्ताका क्रममा मस्कलाई उनले खरिद गरेका सीपीयूबारे सोध्दा केही बताएका थिएनन् । बरु, अहिले सबै मानिस र उनीहरूको कुकुरले समेत सीपीयू किनिरहेको जवाफ दिएका थिए ।

मस्कले खोलेको भनिएको एक्सडटएआई नाम एक्स कर्पाेरेसनसँग मेल खान्छ । त्यो मस्कले ट्विटर खरिद गरेयता यसमा जोडेका छन् । सबै कुरा एउटैमा समेट्न सकिने गरी एभ्रिथिङ एपको ‘कन्सेप्ट’ अघि सारेका छन् ।

मस्कले आफैँ समेत सहसंस्थापक रहेको ओपन एआईको पछिल्लो समय विरोध गर्दै आएका थिए । उनी सन् २०१८ मा ओपन एआईबाट बाहिरिएका थिए । पछिल्ला महिनाहरूमा ओपन एआई च्याटजीपीटीका कारण र पछिल्लो संस्करण जीपीटी४ का कारण प्रख्यात छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement