
काठमाडौं । सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा सांसदहरूले राखेका धारणा र समितिको निर्देशनअनुसार न्यायिक छानबिन समिति बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।
सौर्य एयरलाइन्सबारे छानबिन आयोगले सुरक्षा अनुसन्धानको मात्रै निष्कर्ष निकालेकाले न्यायिक निष्कर्ष निकाल्नुपर्ने जरुरी देखिएको उनको भनाइ छ ।
“मेरो बुझाइ के छ भने सेफ्टी इन्भेस्टिगेसन जुन भएको र न्यायिक विषयसँग सम्बन्धित केही कन्ट्राडिक्सन छ कि भन्ने जस्तो किसिमले हामी छलफलमा अघि बढेका छौँ," उनले भने ।
न्युज एजेन्सी नेपालबाट ।