site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउन आवश्यक : अध्यक्ष ओली
फाइल तस्बिर ।

काडमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउन सम्भव रहेको उनले बताए ।

“अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ,” शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको उनको भनाइ छ । रासस 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro