site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
गैरआवासीय नेपाली संघमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको संघको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए ।  

कार्यकारी अध्यक्ष डा. केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा संघको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष अचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा संघका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे । 

सन् २००३ मा स्थापित संघले २० वर्षमा रचनात्मक काम गरेको छ । हालसम्म विश्वका ८६ देशमा संघका राष्ट्रिय समन्वय परिषद् गठन गरिएका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC