site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकन पुस्तकालयमा नेपाली पुस्तक
Tiktok banner adTiktok banner ad

अमेरिका(टेक्सस) -। स्रस्टा साँझ अमेरिकाले युलेस सिटी पब्लिक लाइब्रेरीलाई उपहारस्वरूप पुस्तक हस्तान्तरण गरेको छ ।

युलेसको मेरी लिब सलेह युलेस पब्लिक लाइब्रेरीमा आयोजित एक कार्यक्रममा करिब १०० ओटा पुस्तक प्रदान गरिएको हो ।

स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितको अगुवाइ र युलेस सिटीका काउन्सिलर टीका पौडेलको व्यवस्थापनमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

अब सो पुस्तकालयमा एउटा छुट्टै नेपाली सेक्सन बनाएर नेपाली समुदायबाट प्राप्त पुस्तक राखिने लाइब्रेरी को-अर्डिनेटर सेरीले जानकारी दिइन् ।

यसैगरी, सिटी मेनेजर लोरेट्टाले ‍नेपाली समुदायको यो कार्यले पुस्तकालय र नेपाली समुदायसँगको सम्बन्ध अझ नजिक बनेको बताइन् ।

साथै, आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको लोरेट्टाले बताइन् । यसैगरी, युलेस सिटीको प्रमुख सार्वजनिक पुस्तकालयमा नेपाली शाखा विस्तार गरिनु नेपाली समुदायको महत्वपूर्ण उपलब्धि तथा सुनौलो अवसर भएको सिटी काउन्सिलर टीका पौडेलले बताए ।

काउन्सिलर पौडेलका अनुसार सो पुस्तकालय ६ मिलियन डलर लागतमा सुविधासम्पन्न पुस्तकालयको रुपमा पुनःनिर्माण गरिएको हो । नेपाली समुदायको स्तरोन्नति एवम् अमेरिकन समुदायबीच सहज पहुच बनाउन आवश्यक रहेको हुँदा अब नेपाली समुदायलाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको पौडेलको भनाइ थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro