site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल बस्न रुचाउँदैन युवा पुस्ता !

किन युवा पुस्ता देशमा बस्नै रुचाउँदैन ? भन्न त यस्तो हुनुको कारण नेपालमा भविष्य नदेखेर हो भनेर यो प्रश्न पन्छाउन सकिएला तर देशमा भविष्य नदेखिने कस्ले बनायो भनेर सोच्नु जरुरी छैन र ?

फलानोले त विदेशमा गएर पहिलो महिनामै लाखको बिटो कमाउन थालिसक्यो रे ! तेरो पालो कहिले हो ? भन्नेको मुख कसरी थुन्ने हो  ? उनीहरुको विकल्प नै विदेश, विदेश, विदेशबाहेक अरू केही बन्न सकिरहेको देखिँदैन । अधिकांश युवाको रोजाइमा युरोपेली मुलुकहरु पर्दै आएका छन् । मुखैमा झुन्डिएका अरू देशमा अमेरिका, अस्ट्रेलिया, जापान, क्यानाडालगायत पर्छन् ।

पढ्दै रोजगारी गर्ने अवसर मिल्ने भएरै त्यहाँको दुःखलाई भुलेरै भए पनि जानलाई मरिहत्ते गरिरहेका होलान् । घरको काममा सिन्को भाच्न पनि अगाडि नसर्नेहरु विदेशमा जे काम गर्न पनि तयार भइहाल्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

किन यस्तो महिहत्ते गर्दैछन् त विदेश नै जान । विदेश जान परिवारले नै सघाइरहेको छ । यता पढाइको उपयोगिता छैन । उचित उद्योगधन्दा, कलकारखाना छैनन् । झोलाभर सर्टिफीकेट छ तर रोजगारी सुनिश्चित छैन । यी यावत कुराले नेपालमा अवसर कुर्नु र खोज्नभन्दा विदेश जानु सहज मानिएको हुनसक्छ । 

पहिले विदेश जाने बाटो खोजिरहेका हुन्छन् । कालान्तरमा उतै बसोवास गर्ने बन्दोबस्त मिलाउँछन् । पढ्न गएका विद्यार्थीमध्ये एक प्रतिशत पनि पढाइ सकेर नेपाल फर्केने र उता सिकेको सीप प्रयोग गरी व्यवसाय गर्ने सोच एकाधलाई बाहेक अरूलाई आएको देखिँदैन । अपवादमा केहीलाई मुलुकको माया लाग्नसक्ला, नेपाल फर्किएलान् पनि तर केही समयपछि मुलुकको अवस्था देखेर दिक्क मान्दै फेरि उतै फर्कने मन बनाउँछन् । 

Global Ime bank

युवावस्थामै मुलुक छोडेर गएको व्यक्ति नेपाल फर्केला भनेर सोच्नु नै गलत भइसक्यो । ऊ आउँछ तर छुट्टी मनाउन र बाँकी समय उतै रमाउँछ । 

रोजगारी सिर्जना हुन नसक्दा नेपालमा बस्नै नचाहने युवाको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । युरोली मुलुकमा जाने होस् वा खाडी मुलुकमा जानेको लर्को तिनको कथाव्यथा अनन्त छ । तिनको पीडा त राहदानी बनाउन सिफारिस लिएदेखि सुरु हुन्छ ।

यतिबेला मुलुकमा एसईईको परीक्षा चलिरहेको छ । पाँच लाखभन्दा बढी परीक्षार्थी सामेल छन् परीक्षामा । उनीहरुले पनि मुलुकमा भविष्य देख्दैनन् । नत्र, यस्तो विदेश मोह किन देखिन्थ्यो होला र ? युवा राष्ट्रको भविष्यका कर्णधार भनिए पनि व्यवहारले चरितार्थ हुन सकिरहेको छैन । 

देश बनाउने भनिएका युवा पलायन भइरहँदा पनि राज्यले यतै बस्ने वातावरण बनाउन नसक्नु विडम्बना हो । भोलि यो मुलुकमा युवा जनशक्ति खोजेर नपाइने हुनसक्छ । सहरका मात्र होइन् गाउँ गाउँमा विदेशको भूत चढेको छ । आर्थिक स्तरअनुसारको मुलुक जानेको संख्या दिनप्रतिदिन बढ्दैछ । मुलुकको पछिल्लो जनगणनाले विदेशमा बसोवास गर्नेको मोह बढेको देखाउँछ । यस्तै रहने हो भने आगामी जनगणनामा त्यो संख्या दोब्बर हुनेमा शंकै नगरे हुन्छ । 

अब यो मुलुकले सोच्ने बेला आएको छ । युवालाई यहीँ बस्न वातावरण बनाएर राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्छ । युवालाई विदेश पठाई रहने र रेमिट्यान्समा रमाई रहने हो भने मुलुक कहिल्यै नबन्ने पक्का छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC