site stats
प्रविधि
ट्विटरले सार्वजनिक गर्‍यो एल्गोरिदम

काठमाडौं । ट्विटरले कुनै पनि प्रयोगकर्तालाई उसको टाइमलाइनमा ट्विट देखाउन काम गर्ने एल्गोरिदम गिटहबमा सार्वजनिक गरेको छ । 

एक ब्लगपोस्टमा यो निर्णयबारे उल्लेख गर्दै ट्विटरले फर युभनिने टाइमलाइनमा ट्विट देखाउन एल्गोरिदमले कसरी काम गर्छ र त्यसपछि ती ट्विटहरू कसरी फिल्टर गर्छ भन्ने कुरा उल्लेख गरेको छ ।

Himalayan Bank
Dabur nepal
Agni Group

ट्विटरको ब्लग पोस्टअनुसार ट्विट देखाउन तीन चरण रहेका छन् । सुरुमा यसले विभिन्न रेकोमेन्डेसन (सिफारिस) सोर्सबाट ट्विट संकलन गर्छ । 

त्यसपछि ती ट्विटलाई मेसिन लर्निङ मोडेलबाट र्यांक(श्रेणीबद्ध) गर्छ, र अन्तमा यसले ब्लक गरेको प्रयोगकर्ताको ट्विट, पहिले नै देखिसकेका ट्विट र असुरक्षित ट्विटहरूलाई फिल्टर गरेर टाइमलाइनमा देखाउँछ ।

Global bank

यी चरणहरूले कसरी काम गर्छ भन्ने कुरा ट्विटरले ब्लग पोस्टमा थप खुलाएको छ । जसमा पहिलो चरणमा करिब १५ सय वटा ट्विट संकलन गर्छ । ती ५० प्रतिशत ट्विटहरू फलो गरेको प्रयोगकर्ताको र ५० प्रतिशत फलो नगरेका व्यक्तिहरूको ट्विट हुन्छ ।

त्यसपछि लाइक, रिट्विट र रिप्लाइका आधारमा ट्विट तय गरिने र अन्तमा एउटै व्यक्तिबाट धेरै ट्विट नदेखिने गरी यसको अल्गोरिदमले काम गर्ने ट्विटरले जनाएको छ ।

विस्तृत रुपमा यो कोडले कसरी काम गर्छ भनेर अनुसन्धानकर्ताहरूले हेर्न थालिसकेका छन् । ट्विटरले थप अल्गोरिदम पनि सार्वजनिक गर्दै जाने बताएको छ ।

ट्विटरका सीईओ एलन मस्कले कम्पनी खरिद गर्नुअघि नै सन् २०२२ को मार्च २४ मा ट्विटरको अल्गोरिदम सार्वजनिक गरिनुपर्छ या पर्दैन भनेर एक सर्वेक्षणात्मक ट्विट गरेका थिए । त्यसमा ८३ प्रतिशतले सार्वजनिक गरिनुपर्छ भन्दै मत राखेका थिए ।
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय