site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मकर जितुमायाको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै छ ।

कम्पनीले दोस्रो चरणमा बिक्री गर्न लागिएको सेयरमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो आईपीओको बिक्री अवधि चैत २२ गतेसम्म निर्धारण गरिएको छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे आगामी वैशाख ३ गतेसम्म बिक्री खुल्ला रहने बताइएको छ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

Global Ime bank

कम्पनीले  दोलखा जिल्लामा ६.४ मेगावाट क्षमताको सुरीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ६.४ मेगावाट क्षमताको सुरीखोला जलविद्युत् आयोजनाबाट २०७९ वैशाख १८ गतेबाट व्यापारिक उत्पादन सुरु भएको हो भने ७ मेगावाट क्षमताको माथिल्लो सुरीखोला आयोजनाबाट चैत्र ३० गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

आर्थिक वर्ष २०७८/०७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी तीन करोड ८८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC