site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यानडाविरुद्ध यूएई ६ विकेटले विजयी
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)ले क्यानडालाई ६ विकेटले हराएको छ ।

नामिबियाको वन्डरर्स क्रिकेट ग्राउन्डमा क्यानडाले प्रस्तुत गरेको २५५ रनको लक्ष्य यूएईले ४९ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि, टस जितेर ब्याटिङ गरेको क्यानडाले ४८.५ ओभरमा सबै विकेट गुमाएर २५४ रन बनाएको थियो ।

यूएईको जितमा कप्तान मुहम्मद वसिमले ८० रन बनाए । वसिमले ७८ बलमा ६ चौका र चार छक्का प्रहार गरे । आर्यन लक्रा र रमिज साहजादले समान ५३ रन जोडे । भ्रित्या अरविन्दले २५ र रोहन मुस्तफाले २० रनको योगदान गरे ।

Agni Group

क्यानडाका जेरेमी गोर्डोन, हर्ष ठाकुर, निखित दत्त र साद बीन जफरले समान एक विकेट लिए ।

त्यसअघि, क्यानडाका प्रगत सिंहले १०२ रन बनाएका थिए । प्रगतले ९६ बलमा १३ चौका र दुई छक्का प्रहार गरेका थिए । निकोलस किर्टोनले ५०, म्याथ्यु स्पिर्सले ३३, श्रीमन्था विजयेरत्नेले २८ र कप्तान साद बीन जफरले १४ रन जोडे ।

Global Ime bank

यूएईका आयान अफ्जल खानले तीन विकेट लिए । जुनैद सिद्दिकीले दुई र रोहन मुस्तफाले एक विकेट लिए ।

पीएनजी पराजित
प्लेअफमा आजै भएको अर्को खेलमा जर्सीले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ११ रनको जित दर्ता गर्‍यो ।

नामिबियाको युनाइटेड क्रिकेट क्लबमा जर्सीले २९२ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८० रन मात्र बनाउन सक्यो ।

त्यसअघि, टस जितेर ब्याटिङ थालेको जर्सीले ५० ओभरमा चार विकेट गुमाएर २९१ रन बनाएको थियो ।

जितसँगै तीन खेलबाट दुई अंक जोडेको जर्सी अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन पीएनजी पुछारमा छ । तीन खेलबाट चार अंक जोडेको यूएई चौथो र समान अंक भए पनि नेट रनरेटका आधारमा क्यानडा तेस्रो स्थानमा छ ।

प्लेअफमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अंकतालिकाको पुछारका अमेरिका, नामिबिया, यूएई र पीएनजीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिगका क्यानडा र जर्सी गरी ६ टिमको सहभागिता छ ।

‘राउन्ड रोबिन लिग’ पद्धतिमा सञ्चालित प्रतियोगिताका शीर्ष दुई टिमले जिम्बाब्वेमा हुने विश्वकपको छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा यी दुईसँगै सुपर लिगको पुछारका पाँच र लिग–२ को शीर्ष तीन टिमबीच प्रतिस्पर्धा हुनेछ ।

हालसम्म लिग–२ बाट स्कटल्यान्ड, ओमान र नेपालको सहभागिता पक्का भइसकेको छ । सुपर लिगबाट आउने पाँच टिमको टुंगो लाग्न बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC