site stats
बाह्रखरी :: Baahrakhari
देश
रामेछापमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, जापानी नागरिकसहित सातजना घाइते 

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१, डाडागाउँ डेलपोखरीमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सातजना घाइते छन् ।

दुर्घटनामा खाँडादेवी–७ का ३३ वर्षीय कालुमान तामाङको मृत्यु भएको रामेछापका प्रहरी नायब उपरीक्षक डीएसपी होमप्रसाद पराजुलीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खाँडादेवी–७, तालदुमबाट काठमाडौंतर्फ आउँदो गरेको बा१६च ३८२५ नम्बरको जीप शनिबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा खाँडादेवी–७ का रुपसिंह तामाङ, उनकी छोरी २३ वर्षीया सुष्मा तामाङ, उनका छोरा १० वर्षीय नेसनल तामाङ, ३३ वर्षीया सबिना तामाङ, उनकी छोरी सात वर्षीया कुइन तामाङ, ४२ वर्षीय दिनेश श्रेष्ठ र जापानी नागरिक ४३ वर्षीया (सातो) काजुभी छन् । घाइतेहरूको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको डीएसपी पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २१:००
प्रतिक्रिया दिनुहोस्