site stats
देश
दुर्घटनामा बुवाको मृत्यु, छोरा घाइते
प्रतीकात्मक तस्बिर ।
Himalayan Bank
Dabur nepal
Agni Group
Global bank

दमौली । तनहुँमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा उनका छोरासहित दुईजना घाइते भएका छन् ।

भानु नगरपालिका–२, भकुन्थोकस्थित डुम्रे–बेँसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समीर र ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय