site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मालदार’ मन्त्रालयमा त १०औँ करोडको ‘डिल’ हुन्छ भन्ने छ : स्वर्णिम वाग्ले
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थविद् एवं आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बन्न लागेका डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् । शनिबार काठमाडौंको वसन्धुरास्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पैसाले राजनीतिलाई धेरै मलजल गरेको भन्दै यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेकामा उनले जोड दिए । उनले पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको बताए ।

उनले परम्परागत र पुराना पार्टीहरूमा पैसामा टिकट किनबेच हुने गरेको आरोप समेत लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीमा भने आफूले ढुक्कसँग टिकट पाएको उनको भनाइ छ ।

‘मालदार’ मन्त्रालयमा १०औँ करोडको ‘डिल’ हुने गरेको उनले बताए । “कुशासनका कुराहरू छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भूमिका कस्तो छ भन्ने कुरा जोडिएको छ । अन्य परम्परागत पार्टी, पुराना पार्टीहरूमा टिकटको किनबेच, यहाँ कुनै पनि हस्तक्षेप भएन । हामी ढुक्कले उमेदवार बुझ्न सक्यौँ । अन्य पार्टीहरूमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरूका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १०औँ करोडको डिल हुन्छ भन्ने छ,” उनले भने, “यसले टिकट पाउनकै लागि त्यत्रो महँगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन् के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ । त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्बन गरेको छ । त्यो भनेको सुशासनको पहिलो खुड्किला हो ।”

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रूपमा आफू तनहुँबाट निर्वाचित हुने जिकिर गरे । उनले आफू पछि फर्कने नभई अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए ।

आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाले उनलाई तनहुँ क्षेत्र नम्बर–१ बाट उमेदवार बनाउने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro