site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रक्षामन्त्री खड्का भन्छन्– मैले मन्त्री बन्दिनँ भनेको थिएँ, उपप्रधानमन्त्री होइन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री नवन्ने आफ्नो अभिव्यक्तिबाट आफू पछि नहटेको दाबी गरेका छन् । शनिबार ललितपुरको बाँडेगाँउमा रहेको सन्त नेता किसुनजीको आश्रममा पुगेका मन्त्री खड्काले यसअघि आफूले मन्त्री मात्रै नवन्ने अभिव्यक्ति दिएको र उपप्रधानमन्त्री बन्दिनँ भनेर नभनेको बताए । 

आफू धेरैपटक मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफूले मन्त्री बन्ने अभियान बन्द गरे पनि अहिले उपप्रधानमन्त्री बनेको उनले प्रष्ट पारे । अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिएको भन्दै मन्त्री खड्काले आफ्नो अभिव्यक्तिबाट पछि नहटेको बताए । 

उनले वर्तमान सरकारमा सहभागिताको लागि कुनै विशेष मन्त्रालयमा दाबी नगरेको पनि प्रष्ट पारे । उनले आफ्नोसमेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाएको र यसमा अन्यथा मान्न नहुने स्पष्ट परे । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC