site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपप्रधानमन्त्री खड्का भन्छन्– रक्षा मन्त्रालय आफैँले रोजेको हुँ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले परराष्ट्र वा अर्थमन्त्रालयमा आफ्नो दाबी रहेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । सभापति शेरबहादुर देउवासँगको सल्लाहमै मन्त्रालय बाँडफाँट गरिएको भन्दै उनले प्रकाशशरण महतलाई अर्थ मन्त्रालय दिने कुरामा आफ्नो पूर्ण सहमति रहेको पनि उनले स्पष्ट पारेका छन् । 

सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई १९ वटा मन्त्रालयका कुनमा जाने भनेर सोधेको भन्दै उनले भने, “सभापति र प्रधानमन्त्रीले मलाई १९ वटा मन्त्रालय छन्, कुनमा जानु हुन्छ भनेर सोध्नु भयो । मेरा लागि यो सौधाग्य पनि हो । मैले समय लिएर रक्षा मन्त्रालय रोजेको हुँ ।” 

अहिलेको अवस्थामा रक्षा मन्त्रालयको भूमिका सामरिक हिसावले पनि महत्वपूर्ण हुने देखेकाले आफूले उक्त मन्त्रालय रोजेको पनि मन्त्री खड्काले स्पष्ट पारेका छन् । 

आफूले पटक–पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै उनले उपप्रधानमन्त्रीको पनि जिम्मेवारी आएकाले सरकारमा गएको बताए । आफूले मन्त्री नबन्ने भनेको तर उपप्रधानमन्त्री नबन्ने भनेर कहिले पनि नभनेको दाबी गर्दै उनले भने, “प्लेन मन्त्रीमात्रै भए अहिले पनि बन्ने थिइनँ । त्यसैले कुनै पनि टिप्पणी गर्नु आवश्यक छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro