site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कीर्तिमानसहित १६ वर्षे सद्भावले जिते सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको तेस्रो दिनसम्म चौथो स्थानमा रहेका एमेच्योर खेलाडी सद्भाव आचार्यले अन्तिम दिन ४–अन्तर ६४ को कार्ड बनाउँदै समग्रमा ३–अन्डर २६९ को स्कोर जोड्दै उपाधि जितेका छन् । 

१६ वर्षे सद्भावले साविक विजेता भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै सूर्य नेपाल गल्फ टुर २०२२/२३ सिजनको छैटौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका हुन् ।

यससँगै सद्भाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सूर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन् । सद्भावले १६ वर्ष १० महिनाको उमेरमा उक्त सफल हासिल गरेका हुन् । 

Agni Group

सद्भावले नेपाल नम्बर एक एमरच्योर खेलाडी सुवाश तामाङको कीर्तिमान तोडेका हुन् । सुवाशले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटलको उपाधि जितेका थिए । सुवाशले सन् २०१९ मा भुवनलाई नै हराउँदै सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । 

अन्तिम दिन सुरु गर्नुअघि सद्भाव लिडर रवि भन्दा चार स्ट्रोकले पछि थिए । अन्तिम दिन सद्भावले फ्रन्ट नाइन २–अन्डर ३२ को स्कोरमा सकाए । उनले दोस्रो, चौथो र आठौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ३–पारको तेस्रो होलमा एक सट खेर फालेका सद्भावले दशौँ होलमा बोगी खेपे । तर सदभावले १३, १६ र १७औँ होलमा बर्डी प्रहार गर्दै ब्यक नाइन २–अन्डर ३२ मा सकाएका थिए । 

Global Ime bank

यससँगै सद्भावले पहिलोपटक प्रो र एमरच्योर दुवैतर्फको उपाधि जिते । उपाधि जितेपछि खुसी बनेका सदभावले भारतको तरूण सरदेशाई एकेडेमीको प्रशिक्षण र अभिभावकको साथले सफलता हासिल गर्न सफल भएको बताए । 

अन्तिम तथा चौथो दिन इभन–पार ६८ को कार्ड बनाएका प्रो–गल्फर भुवनले समग्रमा १–अन्डर २६१ को स्कोर गर्दै दोस्रो स्थानमा रहे । समग्रमा दोस्रो भए पनि भुवन प्रोतर्फ भने विजेता बने । प्रोतर्फका विजेता भुवनले एक लाख रुपैयाँ नगद पुरस्कार जिते ।

भुवनले २–अन्डर ३२ मा फ्रन्ट नाइन सकाउने क्रममा पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गरे । पाँचौँ होलमा बोगी खेपेका भुवनले ब्याक नाइनमा लय गुमाएका थिए । उनले १०, १२, १४ र १८औँ होलमा एक–एक सट खेर फाले । भुवनले ११ र १३औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–ओभर ३६ को स्कोरमा सकाएका थिए । 

तेस्रो दिनका लिडर रवि खड्काले ३–ओभर ७१ को खराब प्रदर्शन गर्दै समग्रमा इभन–पार २७२ मा खेलपछि समग्रमा तेस्रो तथा  प्रोतर्फ दोस्रो स्थान हासिल गरे । रविले ६५ हजार रुपैयाँ नगद पुरस्कार जिते । पहिलो र तेस्रो दिन शीर्ष स्थानमा रहेका रविले अन्तिम दिन खराब प्रदर्शन गरे । पहिलो दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे पनि रविले सातौँ होलमा डबल बोगी खेपेपछि लय गुमाएका थिए । आठौँ र नवौँ होलमा बोगीको सामना गर्दा रविले फ्रन्ट नाइन १–ओभर ३५ मा पुरा गरे । त्यसपछि १० र १६औँ होलमा एक–एक सट बचाए पनि १२ र १५औँ होलमा बोगी प्रहार गरेका रविले अन्तिम होलमा डबल बोगी खेपेपछि ब्याक नाइन २–ओभर ३६ को स्कोरमा सकेका थिए । 

नेपालका नम्बर एक एमरच्योर खेलाडी सुवाशले अन्तिम दिन इभन–पार ६८ को स्कोर जोडे । उनले समग्रमा ३–ओभर २७५ को स्कोरसहित चौथो स्थान हासिल गरे भने एमरच्योरतर्फ दोस्रो भए । ३–ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५–ओभर २७७ मा प्रतियोगिता सकाए । समग्रमा पाँचौँ भएका दिनेशले प्रोमा भने तेस्रो हुदै ४६ हजार रुपैयाँ नगद पुरस्कार जित । 

समग्रमा ८–ओभर २८० सहित भुवनकुमार रोक्का र धनबहादुर थापाले संयुक्तरुपमा छैटौँ स्थान बाँडे । भुवनले ८–ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा धनबहादुरले २–ओभर ७० मा अन्तिम १८ होलको खेल सकाए । प्रोतर्फ चौथो भएका दुवैले ३६ हजार रुपैयाँ नगदर जिते । 

भेट्रान गल्फर दीपक मगर र जयराम श्रेष्ठ समग्रमा १०–ओभर २८२ सहित संयुक्तरूपमा आठौँ भए । दीपकले ४–ओभर ७२ र जय रामले २–ओभर ७० मा अन्तिम दिनको खेल सकाए । प्रोतर्फ छैटौँ भएका दुवैले २८ हजार ५०० रुपैयाँ नगद जिते । समग्रमा ११–ओभर २८३ को स्कोर गरेका  सञ्जय लामा दशौँ भए । उनले आज ३–ओभर ७१ मा खेल सकाए । प्रोतर्फ आठौँ भएका उनले २४ हजार रुपैयाँ नगद जिते । 

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सूर्य नेपाल प्रालिको प्रायोजनमा प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी कुल ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC