site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘डुब्न लागेको अर्थतन्त्र’ सुधार्ने जिम्मा प्रकाशशरण महतलाई !
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । २०४८ सालको निर्वाचनमा नुवाकोटबाट डा. रामशरण महतले प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगे ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नुवाकोटबाट निर्वाचन हारेका डा. महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । त्यो बेला कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको विरोध भए पनि गिरिजाप्रसाद कोइरालाले डा. रामशरण महतलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

डा. रामशरण महत अर्थमन्त्री बढी बन्ने नेतामा पर्छन् । 

Agni Group

अर्थ राज्यमन्त्रीमा महेश आचार्य भए पनि निजीकरण नीति र उदार अर्थनीतिको वकालत गर्ने कांग्रेस नेतामा डा. रामशरण महतको नाम आउने गर्छ ।

अहिले अर्थतन्त्र समस्यामा छ । पार्टीभित्र आफ्नै समूहको विरोधका बाबजुद कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अति निकट’ डा. प्रकाशशरण महतलाई पुष्पकमल दाहाल‘प्रचण्ड’ सरकारमा अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । 

Global Ime bank

कांग्रेसको राजनीतिमा देउवा निकट भएर अवसर पाए पनि प्रकाशशरण महत डा. रामशरण महतका भाइ हुन् ।

अर्थतन्त्रको क्षेत्रमा उनको परिचय पनि यतिमा सीमित छ ।  डा. प्रकाशरण महत मन्त्री भएर सिंहदरबारको यात्रा प्रवेश गरेको यो चौथो पटक हो । यसअघि परराष्ट्र, ऊर्जा तथा परराष्ट्रराज्य मन्त्री बनिसकेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा पहिलो नम्बरमा समानुपातिक सांसद बनेका उनी अहिलेसम्म समानुपातिकतर्फमात्रै सांसद भएका छन् ।

महामन्त्रीमा पराजित डा. महत अहिले कांग्रेसको प्रवक्तासमेत हुन् । अर्थतन्त्र समस्या परेको बेला यो बारेमा बुझेको नेताको खाचो हो । 

पढाइको हिसाबले प्रकाशशरण महतमा त्यो योग्यता छ । देउवा गुटभित्र अर्थशास्त्र बुझेको र पढेको व्यक्तिमा नै प्रकाशशरण महत चिनिन्छन् । 

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाबाट अर्थशास्त्रमा नै पीएचडी गरेका छन् । तर उनले अहिलेसम्म निजी क्षेत्रलाई आश्वस्त पार्न भने सकेका छैनन् ।

अहिले अर्थतन्त्रमा निकै ठूलो समस्या छ । अर्थशास्त्र नपढेको र नबुझेको व्यक्तिले समेत अर्थतन्त्रमा भएको समस्याको बारेमा प्रत्यक्ष महसुस गर्न सक्ने अवस्था छ । सामान्य पसलदेखि कर्पोरेट हाउससम्मको व्यापार अहिले चौपट छ ।

बैंकले ऋण उठाउन सक्ने अवस्था छैन, ब्याजदरप्रति असन्तुष्ट समूह आन्दोलनमा छन् । विकसित देशमा पलायन हुने युवाको संख्या बढ्न थालेको छ ।

अर्थमन्त्री डा. प्रकाशरण महतको लागि राजनीतिमा केही गरेर देखाउने अवसर अहिले आएको छ । अर्थतन्त्रमा अहिले पहिलो समस्या व्यापार व्यवसाय तथा उद्यम गर्नेको लागि विश्वास जगाउने काम हो ।

जसको पहिलो सुरुवात सेयर बजारबाट नै हुन्छ । जुन सेयर बजार प्रकाशशरण महत मन्त्री बन्दा खासै उत्साहित भएको छैन । 

जबकि दाइ डा. रामशरण अर्थमन्त्री बन्दा सबैभन्दा उत्साहित सेयर बजारका लगानीकर्ता नै हुने गरेका थिए । 

कोभिड अगाडिदेखि नै अर्थतन्त्रमा समस्या थियो । कोभिडको समयमा राष्ट्र बैंकले दिएको सहुलियतले व्यवसायमा देखिने गरेर प्रभाव परेन । 

सहुलियत हटाउँदै जाने र ब्याजदर बढाउने नीतिले अहिले बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक रुपमा अर्थतन्त्र समस्या छ । सेयर बजारबाट सुरु भएको संकट घरजग्गा हुँदै सामान्य व्यवसायमा समेत परेको छ । 

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढ्दा प्रकाशरण महतका सहपाठी समेत रहेका विश्लेषक पुरञ्जन आचार्य पढाइ र ज्ञानको हिसाबले अर्थमन्त्रीको रुपमा महतलाई कांग्रेसले पठाउनु उपयुक्त निर्णय भएको बताउँछन् । 

“अहिलेको समयमा अर्थतन्त्रमा भएको समस्याको सैद्धान्तिक ज्ञान महतमा छ,” आचार्यले भने, “व्यवहारिक रुपमा समस्याको समाधान गर्लान् भन्ने अपेक्षा गरौं, नभए डुब्न लागेको अर्थतन्त्रले महतसँगै देशलाई समेत डुबाउने छ ।”

अर्थतन्त्रमा भएको समस्याको कारण पहिलो पटक ५५ वर्षमा सरकारको राजस्व गतवर्षको तुलनामा घटेको छ । 

जनसंख्याको बढ्दो असन्तुलनले सामाजिक सुरक्षामा हुने खर्च हरेक वर्ष बढ्दो क्रममा छ । राजस्वले चालु खर्च धान्न नै नसक्ने स्थिति देखिएको छ । 

सरकारले लिएको ऋणको दायित्व हरेक वर्ष बढ्दो क्रममा रहेको छ । सरकारले बजेट सार्वजनिक गर्दा ठूलो आकारको गर्ने र त्यसको स्रोतको बारेमा गहन रुपले नहेर्ने नीति छ । 

चालु खर्चको दायित्व थप्दा घाटाको बजेट बढ्दो क्रममा छ । सुरुवातमा अर्थमन्त्री महतले लगानीकर्तालाई विश्वास बढाएर अर्थतन्त्रमा सुधारको नीति लिनुपर्ने छ । 

पहिलो चरणको सुधारको नीति प्रकाशरणका दाई रामशरणले लिएका थिए ।  सुधारको नीति ठप्प हुँदा विदेशी लगानी बढ्ने स्थिति छैन । 

सुधारको नीति र विश्वासको वातावरण बनाउने पहिलो दायित्त्व अर्थमन्त्री डा. महतमा आवश्यक देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC