site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
त्रासमा टिकेको सरकार

नेकपा (एमाले)सहित पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल 'प्रचण्ड' केपी ओलीको शैलीबाट त्रसित बनेपछि नेपाली कांग्रेससहितका दलहरूसँग गठबन्धन गर्न पुगे । अहिले त्यो गठबन्धन १० दलीयमा परिणत भएको छ । 

गणितको हिसावले यो संख्या सरकारको लागि उत्साहजनक हो । सरकार बलियो छ भन्ने देखिन्छ । यथार्थमा भने त्यस्तो नहुन सक्छ । अहिलेको सरकार त्रासमा टिकेको देखिन्छ । सरकारको नेतृत्व दाहालले गरेका हुनाले सरकारमा सम्मिलित भएका र हुने सबै यो सरकार भयको जगमा निर्मित भएको देख्दैछन् । 

प्रधानमन्त्री दाहाल प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । त्यो कुर्सीको ऊर्जा राप र ताप भने उनमामा देखिँदैन । उनको अनुहारमा तेज र उज्यालो देखिँदैन । देखिन्छ त भयग्रस्त मलिनता । बरु दाहालको अनुहारबाट त भय निसृत भइरहेको देख्न सकिन्छ । 

अहिले देशको आर्थिक अवस्था जर्जर छ । ठूला उद्योगी व्यवसायीदेखि साना व्यवसायीसमेत सडकमा आन्दोलित छन् । र त्यो आन्दोलनको तारो दाहाल बन्दै गइरहेका छन् । उनको उपस्थितिमै भएको समारोहमा उनीविरुध्द नाराबाजीजस्ता क्रियाकलाप पनि भइरहेका छ्न् । भयको एउटा कारण यो पनि हो । 

अझ ठूलो भय त उनका विरुध्दमा द्वन्द्वपीडित पक्षबाटै कारबाहीको माग गर्दै अदालतमा दायर गरिएको मुद्दाका कारण देखिएको छ । यही भय र त्रासको वरिपरि रहेर पूर्वमाओवादीहरू एकै ठाउँमा उपस्थित भएर अदालतलाई चुनौतीसमेत दिन पुगे ।   अर्को भयको कारण रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय अदालतले जारी गरेको पक्राउ पुर्जी भयको अर्को कारण हुनसक्छ । जे होस्, संसद्बाट विश्वासको मत पाएर बलियो देखिए पनि वास्तवमा त्यस्तो भोलि नहुन सक्छ । मन्त्रिपरिषद्मा नसमेटिएका दलहरूले समर्थन फिर्ता लिन सक्छन् । अहिले राजनीति यसरी नै त विकसित भइरहेको छ । 

अहिलेको राजनीतिमा ठूला दल भनिएकाहरूले साना दललाई यही सिकाइरहेका छन् । यही राजनीतिक संस्कार दिइरहेका छन् । चाहे त्यो कांग्रेस होस् या नेकपा एमाले । यसमा माओवादी त अझ अघि छ । माओवादीले राजनीतिको यही सिक्षा दिइरहेको छ । यही संस्कार दिएको छ । माओवादीको यही सिक्षा र संस्कार अब उनैतिर भारी पर्नसक्ने देखिन्छ ।

अहिले संसद्मा कुनै पनि राजनीतिक दलको बहुमत पुग्दैन । संसद्को अहिलेको संरचना नै यस्तो । यिनै कारणबाट यो सरकार सधैँ भय, त्रासमा निस्तेज भएर प्रस्तुत भएको हुनुपर्छ ।

दाहालले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने उद्घोष गर्नुको कारण पनि यही भय हो । आफू सुरक्षित रहने रणनीति । विश्वासको मत दिने दलहरु पनि यति लामो समयसम्म पर्खेर पनि सरकार जाने लोभमा देखिनुले समेत राजनीति स्वस्थ देखिएन ।

सरकार प्रमुखले लामो समयसम्म मन्त्रिमण्डल विस्तार नगरेर मुलुकलाई अन्योलमा राख्न मिल्दैन । अझ वर्तमान प्रधानमन्त्रीले त १६ वटा मन्त्रालय आफ्नै मातहात राख्दा सुशासनकै उपहास गरेजस्तै देखिएको छ ।

यी सबै भय र त्रासको अवस्थाले सिर्जित घटना न हुन् । 

अहिले सरकारमा जाने दलहरूले पनि आफ्नो घोषणापत्र, मतदाता समक्ष गरेका वाचा र  प्रतिज्ञा पूरा गर्नसक्ने छैनन् ।

बरु, ती दलको भविष्यमा समेत प्रतिकूल प्रभाव पर्ने छ । यी  दलको नेतृत्व गरेर जाने नेतृत्वकर्तासमेतको राजनीतिक भविष्यमा प्रश्न उठ्न सक्छ। 

आर्थिक अवस्थामा सुधार ल्याउन नसके र जनताको इच्छा र माग सम्बोधन हुन नसके वर्तमान सरकार तथा त्यसमा सम्मिलित दलहरूमा कसैले धुन नसक्ने दाग लाग्नेछ । अहिले यस्तै दाग लागेकाहरू, रंग उडेका , खुइलिएका दललाई हिजोसम्म धोइपखाली गर्ने 'धोबी' हुने गर्थे । खुइलिएकोलाई पनसि चमक दिन्थे र दाग लागेकालाई 'स्वच्छ' बनाउँ थे । अबका धोबीले त्यसो गर्नेछैनन् । कारण,  अब त्यो अवस्था छैन ।

यसैले यो सरकार भयको जगमा टिकेको देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro