काठमाडौं । सिप्रदी ट्रेडिङले अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लिट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसँग सहकार्य गरेर नेपाली बजारका लागि सवारीसाधन र फ्लिट ट्रयाकिङ तथा म्यानेजमेन्ट सफ्टवेर लोकोन्याभ ल्याएको छ । नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरुमा प्रयोग हुने गाडी र फ्लिटहरुको व्यवस्थापनका लागि यो प्रभावशाली हुने कम्पनीको विश्वास छ ।
जीपीएस प्रविधिबाट चल्ने यो सफ्टवेरको दैनिक प्रयोगले फ्लिट अथवा ढुवानीका गाडीहरु सञ्चालन गर्दा आउने चुनौती समाधान गर्न मद्दत गर्नेछ । आफ्नो कुन गाडी कहाँ छ, कतिको स्पिडमा चलिरहेको छ, कहाँ रोकियोलगायत सबै जानकारी उपलब्ध गराउने लोकोन्याभको प्रयोगले यस क्षेत्रका कम्पनीहरुलाई निकै सहजता हुने विश्वास गरिएको छ ।
सिप्रदीका रजिया श्रेष्ठका अनुसार “लोकोन्याभ नेपाली बजारमा ल्याएको पाँच महिना भएको छ । लोकोन्याभको बिक्री सुरु गरेको पाँच महिनामा नै यो सफ्टवेरले ग्राहकहरुको विभिन्न समस्याको एउटा समाधान बन्न सफल हुँदै छ । अहिले लोकोन्याभका प्रयोगकर्ताहरुबाट पाँच प्रमुख फाइदाहरुको प्रतिक्रिया आइरहेको छ ।
सबैभन्दा पहिले लोकोन्याभबाट व्यवसायको फ्लिटको उत्पादकतामा सुधार भइरहेको छ । सवारीसाधन ट्र्याकिङ सिस्टमले फ्लिट म्यनाजेरलाई आफ्नो सवारीसाधनले गर्ने ट्रिपको व्यवस्थापन र निगरानी राख्न मद्दत पुर्याउनुका साथै अनावश्यक ट्रिपहरुको व्यवस्थापन गर्न मद्दत पुर्याउछ । आफ्नो गाडी कहिले कहाँ चलेको छ भनेर निगरानी गर्ने यो सिस्टमले चालकमाथि फ्लिट म्यनाजेरको नियन्त्रणलाई कायम राख्न मद्दत गर्छ । त्यसैले ट्रिप म्यनाजेमेन्टका साथै गाडीमा हुने इन्धनको खपत घटाउन पनि सहजता यो सफ्टवयरले गराइरहेको छ ।

आफ्नो गाडीको सुरक्षा र व्यवस्थापन एकल ग्राहक वा फ्लिट म्यनाजेर दुवैका लागि चुनौतीपूर्ण कार्य हो । त्यसैले सवारीसाधनको सुरक्षाको लागि लोकोन्याभमा इममोबिलाइजेसन फिचर लोकप्रिय हुँदैै गइरहेको छ । यसबाट आफ्नो सवारीसाधनलाई जुनसुकै स्थानबाट पनि लक गर्न सकिन्छ, जसले गर्दा लोकोन्याभ प्रयोगकर्ताहरुले आफ्नो गाडी सुरक्षित रहेको महसुस गर्छन् । अझै यो फिचरको सबैभन्दा बढी फाइदा बैंक तथा वित्तीय संस्थाहरुले ऋणमा दिइएको सवारीसाधन ट्र«याक गरी पत्ता लगाउन प्रयोग गरिरहेका छन् ।
यस्तै, लोकोन्याभबाट चालकको व्यवहारसमेत अनुगमन गर्न सकिन्छ । गाडी लापरबाही ढंगले चलाएमा जनधनको क्षतिका साथै मर्मतसम्भारमा ठूलो लागत लाग्न सक्छ । त्यसैले लोकोन्याभको सिस्टममार्फत फ्लिट म्यानाजेरहरुले चालकहरुको ब्रेकिङ्ग शैली, एक्सेलेरेसन रफ्तार, कर्नेरिंग जस्ता तथ्यांकहरु प्राप्त गर्नसक्छन् । यस जानकारीले चालकहरुलाई क्षति अगाडि नै तालिम वा सुधारका लागि सुझाव दिन सकिन्छ । विद्यालयहरुले पनि स्कुल बस प्रयोग गर्ने आमाबाबुहरुलाई आफ्ना बच्चाहरु स्कुलबसमा हुँदा सुरक्षित छन् भनेर आश्वासन लोकोन्याभको प्रयोगले दिइरहेको छ ।
उचित प्रविधिबिना फ्लिटको व्यवस्थापन गर्दा हुने झन्झटलाई ध्यानमा राख्दै लोकोन्याभ सिप्रदीले नेपाल भित्र्याएको हो । लजिस्टिक र डेलिभरी कम्पनीहरुमा यसको महत्व अझै बढी रहेको छ । लोकोन्याभको फ्लिट म्यानेजमेन्ट सिस्टमले सञ्चालक टिमलाई ट्रिपहरु सजिलै तोक्न र ट्र«याक गर्न सक्ने बनाइदिन्छ । आफ्ना ग्राहकहरुलाई समेत सामान कहाँ आइपुग्यो भनेर ट्र«याक गर्ने विकल्प दिन्छ । जसले गर्दा डेलिभरी कम्पनीका ग्राहकहरुमा विश्वसनीयता कायम गर्न सहजता हुन्छ ।
लोकोन्याभले प्रयोगकर्ताहरुलाई विश्लेषणात्मक सुविधा पनि प्रदान गरिरहेको छ । नेपालका विभिन्न उद्योग, कारखाना, शिक्षण संस्था, यातायात व्यवसायहरुले लोकोन्याभको प्रयोग थालेका छन् । यसबारे थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिन्छ । लोकोन्याभको वेबसाइट http://loconav.sipradi.com.np मा गएर पनि यो हेर्न सकिन्छ ।