site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मनाङ खप्तड गोल्डकपको फाइनलमा
Sarbottam CementSarbottam Cement

धनगढी । मनाङ मर्स्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बुधबार क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–०ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

कागजात पूरा नभएर एभिनरका दुई खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदानमा उत्रिएको थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रिक गोल गरे । मनाङका लागि खेलको १२औँ मिनेटमा जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सीमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो ।

पहिलो हाफमा फाउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र रेफ्रीसँग गरेको व्यवहारका कारण दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाएर बाहिरिनु पर्‍यो । त्यसको केहि मिनेट पछि गोलकिपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनर सातजनामा सीमित भएको थियो ।

Global Ime bank

खेलको ५४औँ मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । यस्तै ५९औँ, ६७औँं र ७७औँ मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक गरे । खेलको ८१औँ मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौँ गोल गरे ।

मनाङका सायीजमलले खेलको ‘एसपीए म्यान अफ दि म्याच’ चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

जितसँगै मनाङ अब बिहीबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लबबीचको विजेतासँग १८ गते उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनल खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम–११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC