site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय उद्योगले लत्याएपछि बलिउड छाडे : प्रियंका चोपडा
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय चलचित्र उद्योगले आफूलाई ‘कुनामा धकेलेको’ भन्दै प्रियंका चोपडा जोनासले बलिउड छाडेर हलिउडमा लागेको बताएकी छन् ।

आर्मचेयर एक्सपर्ट पोडकास्टको सोमबारको एपिसोडमा प्रियंकाले बलिउडकर्मीहरूले आफूलाई ‘भूमिका नदिएको’ र बलिउडमा ‘आफूसँग मानिसहरूको गुनासो’ भएको बताएकी हुन् । उनले आफूले पहिले कहिल्यै यो कुरा नखुलाएको बताएकी छन् ।

सन् २०२१ को एक्सन साई–फाई फिल्म मेट्रिक्स रेजुरेक्सनकी स्टार प्रियंका अमेरिका जानु अघि भारतकी प्रमुखमध्येकी अभिनेत्री हुन् । तर, उनले आफू बलिउडमा ‘राजनीतिले थाकेको’ बताएकी छन् ।  "मलाई केवल आराम चाहिएको थियो," उनले भनिन् ।

सन् २०१० मा इन्टरस्कोप रेकर्डसँग गायिकाको रूपमा प्रियंका चोपडा जोनासले सम्झौता गर्दै अमेरिकी संगीत उद्योगमा काम गर्ने अवसर आएसँगै उनले भारतीय उद्योगमा अभिनय गर्न थालेकी थिइन् ।

“जब यो संगीतको कुरा आयो मलाई लाग्यो कि, यो वाइयात छोडिदिन्छु, अमेरिका जान्छ,”  प्रियंकाले भारतीय चलचित्र उद्योगप्रतिको आफ्नो रुष्टता प्रकट गर्दै भनेकी छन् ।

पिटबुल र विलआईएम जस्ता कलाकारहरूसँग काम गरिसकेपछि चोपडा जोनासले आफू एक अभिनेता हुनका लागि उपयुक्त भएको महसुस गरेको बताएकी छन् ।

त्यसपछि भारतमा आफूले चाहे जस्तै चलचित्रमा काम गर्न नपाएको अनुभव पोखिन् । त्यहाँ फर्किन मन नलागेका कारण उनले हलिउडमा आफ्नो भूमिका खोज्न थालेकी थिइन् ।

एबीसी इन्टरटेनमेन्टको कास्टिङका कार्यकारी निर्देशकसँग भेट भएपछि उनले त्यसको नयाँ जासुसी शो “क्वान्टिको”का लागि अडिसन दिन पाएकी थिइन् ।

“मैले पायलट पढे र मलाई शोको  ‘टोन’ थाहा भयो र मैले एक्टिङ प्रशिक्षकसँग काम गरे,” उनले भनिन् ।

त्यसपछि प्रियंका चोपडा जोनासले क्वान्टिको शोका लागि सन् २०१५ देखि सन् २०१८ को बीचमा एफबीआईले भर्ती गरेको एलेक्स पेरिसको रूपमा अभिनय गरेकी थिइन् ।

“मेरो जीवनको त्यो अवस्थाको त्यो एक अडिसनले साँच्चै नै मलाई परिभाषित ग¥यो,” उनले सोमबार उक्त पोडकास्टमा बोल्दै भनेकी छन् ।

प्रियंका चोपडा जोनासले “बेवाच”, “द म्याट्रिक्स रेजुरेक्सन” रिलिज हुँदै गरेको फिल्म “लभ अगेन” र जासुसी ड्रामा सिरिज “सिटाडेल”लगायतमा काम गर्दै हलिउडमा आफ्नो यात्रा जारी राखेकी छन् । सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro