
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से १.०२ अकंले बढेर १९१९.४२ विन्दुमा कायम भएको छ ।
आज २५८ कम्पनीको २५ लाख ४९ हजार ४८ कित्ता सेयर ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँमा किनबेच भएको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले बढेर ३६१.२१ विन्दु कायम भएको छ ।
आज १३ वटा उपसमूहमध्ये पाँचवटाको समूहगत परिसूचक उकालो लागेको छ भने आठवटाको समूहगत सूचक ओरालो लागेको छ । आज होटल तथा पर्यटन क्षेत्रको समूहगत सूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ । यस्तै, ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेडको सयेरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । खप्तड लघुविक्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ४.४१ प्रतिशतले घटेर प्रतिकित्ता ९३१ रुपैयाँ कायम भएको छ ।
पछिल्लो सयम राजनीतिक उतारचढावसँगै अर्थतन्त्रमा देखिएको मन्दीका कारण लगानीकर्ता सेयर बजारमा आकर्षित हुन सकेका छैनन् ।