site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिँदै वैदेशिक रोजगार बोर्ड
Tiktok banner adTiktok banner ad

काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिने  भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने भएका छन् । टेलिमेडिसिन सेवा चैत १५ गते बिहान १० बजेदेखि सुरु हुने बताइएको छ ।  

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कुनैपनि स्वास्थ्य समस्याको बारेमा प्रवद्र्धनात्मक सेवा दिने उदेश्यले यो सेवा सुरु गर्न लागिएको वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव तथा सूचना अधिकृत राजन पौडेलले बताए ।

बोर्डले यस वर्ष अनलाइनमार्फत सेवा दिने बताएको छ । यो सेवा प्रभावकारी भयो भने अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको पौडेलले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro