देश

काठमाडौं । सिरहामा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।
२५ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–३, हरिनगर टोलमा बस्दै आएका २८ वर्षीय प्रदीप साहलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
सखुवानन्कारकट्टी गाउँपालिका–२, तीनकुने चोकस्थित गहुँबारीमा ती महिलाको बलात्कार गरेको सूचनापछि इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १४:५०
प्रतिक्रिया दिनुहोस्