site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बारामा आगलगीबाट ६ घरगोठ नष्ट
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

कलैया । बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट ६ घरगोठ जलेर नष्ट भएको छ ।

सिम्रौनगढ नगरपालिका–२, रानीवास बजारमा लागेको आगलागीबाट करिब १० लाख रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए ।

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्ण रूपमा जलेको छ । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि  प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro