site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनअघि सरकारमा जानुपर्ने रास्वपाभित्र दबाब, निर्णय लिने अधिकार लामिछानेलाई 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उपनिर्वाचनअघि नै सरकारमा सहभागी हुनुपर्ने दबाब बढेको छ ।

पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको अवस्थामा सरकार बाहिर बस्न उपयुक्त नहुने आवाज पार्टीभित्र उठेको एक नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।

पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सत्तापक्षकै भएकाले सरकारमा सहभागी हुन ढिला गर्न नहुने पार्टीभित्र आवाज उठिरहेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बाह्रखरीसँग कुराकानी गर्दै उनले पार्टीभित्र औपचारिक छलफल नभए पनि आफूलगायत धेरै सांसदहरू सरकारमा जानुपर्ने पक्षमा रहेको जानकारी दिए । 

“हामीले विश्वासको मत नदिएर प्रतिपक्षमै बसेको भए त्यो छुट्टै बहस हुन्थ्यो । तर, हामीले विश्वासको मत दिइसकेका छौं । अनि किन हामीले सरकारमा जान ढिला गर्ने ?,” उनले भने । 

Royal Enfield Island Ad

रास्वपाले वैशाख १० मा हुने उनिर्वाचनपछि सरकारमा जाने विषयमा पनि छलफल गरिरहेको छ ।  पार्टी सभापति रवि लामिछानेले नै चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बनेका छन् । 

पार्टी सभापतिनै निर्वाचन लडेको अवस्थामा उपनिर्वाचनपछि सरकारमा जाने हो कि भन्ने विषयमा पार्टीभित्र बहस भइरहेको उनी बताउँछन् ।

तर सरकारको विषयमै निर्णय गर्न भने पार्टीको औपचारिक बैठक नबोलाइएको श्रेष्ठले जानकारी दिए । 

“एक दुइदिनभित्रै सरकार विस्तार गर्ने तयारी देखिन्छ । यस्तो अवस्थामा पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर छलफल गर्नुपर्ने हो तर अहिलेसम्म बैठक बोलाइएको छैन,” उनले भने, “उपनिर्वाचन अगाडि वा पछाडि सरकारमा जाने भन्ने छ । तर, म चाहिँ उपनिर्वाचन अघिनै सरकारमा जानु उपयुक्त हुन्छ भन्ने धारणा राख्छु ।”

पार्टी यतिबेला चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचन केन्द्रित भएको छ । 

यी क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । 

चितवन–२ बाहेक बारा र तनहुँमा पार्टीलाई उमेदवार उठाएर संगठन विस्तार गर्ने अवसर आएको उनको भनाइ छ । 

शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले यी क्षेत्रका लागि चुनावी कमाण्डर तोकेर निर्वाचन ‘क्याम्पेनिङ’ सुरू गरिसेको छ । 

चितवनमा पार्टी उपाध्यक्ष तथा संसदीय दलका नेता डीपी अर्याल, बारामा केन्द्रीय सदस्य गणेश कार्की र तनहुँमा पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले चुनावी ‘क्याम्पेनिङ’ गर्ने जिम्मेवारी पाएका छन् । 

पार्टी उपाध्यक्ष तथा संसदीय दलका नेता डोलप्रसाद (डीपी) अर्याल सरकारमा नजाने भन्ने निर्णय पार्टीले नगरेको बताउँछन् । 

सरकारमा सहभागी हुने विषयमा पार्टीको शुक्रबारको केन्द्रीय समिति बैठकमा छलफल भएको अर्यालले जानकारी दिए । 

बैठकले सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर निर्णय गर्ने अधिकार दिएको उनले बाह्रखरीलाई जानकारी दिए । 

“हामीले विश्वासको मत दिएपछि सरकारमा नजाने भनेर भनेका छैनौं । पार्टीको केन्द्रीय समिति बैठकबाटै सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने अधिकार सभापतिलाई हामीले दिएका छौं,” उनले भने । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सरकार विस्तार गर्ने तयारी गरेका छन् । 

उनका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले मंगलबारनै नयाँ मन्त्रीहरूले शपथग्रहण गर्ने बाह्रखरीलाई जानकारी दिए । 

प्राप्त जानकारी अनुसार सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सपभापति शेरबहादुर देउवा तथा नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति उन्मुख छलफल भएको छ । 

जसमा रास्वपालाई तीन मन्त्रालय दिने कुरा भएको स्रोतले जानकारी दियो । यसले पनि रास्वपा सरकारमा जाने तयारीमै रहेको देखिन्छ । 

उपाध्यक्ष अर्याल आफ्ना विषयहरू स्पष्ट राखेर प्याकेजमै सहमति गर्न केन्द्रीय समितिले सभापति लामिछानेलाई अख्तियारी दिइसकेको जानकारी दिन्छन् । प्याकेजमै सहमति अन्तर्गत मन्त्रालयमात्र होइन, संसदीय समिति र संवैधानिक निकायलगायत विषय पर्नेछ । 

“हाम्रो एजेन्डा र न्यूनतम साझा कार्यक्रमको कार्यान्वयनलगायत मन्त्रालय भागबण्डाका कुराहरू प्याकेजमै सहमति गर्नुपर्ने हुन्छ,” उनले भने, “जनताको अपेक्षा र डेलिभेरीवेस राजनीति गर्न हामी आएका हौं । त्यसकारण जति सक्यो चाँडो निर्णय गर्नुपर्ने हुन्छ ।”

सरकारमा सहभागी हुने विषयमा सभापति लामिछानेले सहमतिका लागि प्रधानमन्त्रीसँग छलफल गरिरहेको पार्टी नेतृत्व बताउँछ । 
गृह पाउने सम्भावना न्यून, भौतिकमा दाबी 

अघिल्लो सरकारमा सहभागी हुँदा राप्रपाले उपप्रधानसहित गृह मन्त्रालय लिएको थियो ।  पार्टी सभापति रवि लामिछानेनै नेतृत्व लिएर सरकारमा गएका थिए । 

उनको नागरिकता विवादमा सर्वोच्चले फैसला दिँदै सांसद पद खारेजी गरेपछि पार्टीले गृह मन्त्रालय गुमाएको थियो । यसैको विवादमा पार्टीले सरकार छाडेको थियो । 

अहिलेको सरकारमा गृह नपाउनेमा रास्वपा नेताहरू ढुक्क छन् । त्यकारण भौतिक मन्त्रालय मन्त्रालय अहिले रास्वपाको पहिलो रोजाइमा परेको छ । यस्तै शिक्षा, स्वास्थ्य वा श्रम मन्त्रालय पनि रास्पवा चाहन्छ । उसको रोजाइमा खेलकुद मन्त्रालय पनि पर्ने देखिन्छ । 

“सभापतिको सांसद पद गएपछि हामीले गृह गुमाएकै हौं । पुनः हामीले त्यो मन्त्रालय पाउँछौं भन्ने लाग्दैन । चितवन निर्वाचन पछि नयाँ समीकरण वा मन्त्रालय साट्न सकिन्छ,” एक नेताले भने, “भौतिक चाहिँ लिनुपर्छ भन्ने हामीलाई लागेको छ । त्यसबाहेक अरू मन्त्रालय जसमा काम गर्न सकियोस् ती मन्त्रालय हामीले लिनैपर्छ ।”

रास्वपालाई काम गर्न नसके र जनअपेक्षा पूरा गर्न नसके अस्तित्वमै संकट आउने भय छ । 

नागरिक असन्तुष्टिलाई बलियो आधार बनाएर सुशासन र रूपान्तरणको सपना देखाएर पार्टीले चुनावमा आफूलाई २० सिटको पार्टी बनाएको हो । 

त्यसकारण त्यो जनमतको अपेक्षा सम्मान गर्न पनि भौतिक, शिक्षा, स्वास्थ्य तथा श्रम रोजगारसँग सम्बन्धित मन्त्रालयहरूको नेतृत्व गर्नुपर्ने दबाबमा पार्टी छ । 

यस्तै पार्टीले पार्टीभित्रको चर्चा कमाएका फेसहरूलाई पनि सरकारमा पठाउनुपर्नेमा सांसद्हरूले माग गरेका छन् । 

‘फेस भ्यालु’ भएका सांसदहरू पठाउन सके ‘पब्लिक एसेप्टेन्स’ र पार्टीलाई अवसरवादको ट्याग लाग्नबाट जोगिन सक्ने अनौपचारिक संवादमा केही सांसदहरू बताउँछन् । 

पार्टीले अघिल्लो पटक सभापति लामिछानेसहित उपाध्यक्ष अर्याल, सांसद शिशिर खनाल र तोसिमा कार्कीलाई मन्त्री बनाएको थियो । 

यसपटक विराजभक्त श्रेष्ठ, सोविता गौतम, मनिष झा, सन्तोष परियारले पनि मौका पाउनुपर्ने बहस भइरहेको अर्का एक सांसद बताउँछन् । 

“सरकारमा जानेमात्र होइन गएका नेताहरूले पव्लिक एसेप्टेन्स बढाउने काम पनि गर्नुपर्छ । अघिल्लो पटकभन्दा फरक अनुहार पनि चाहिन्छ,” ती सांसदले भने, “यसपटक डीपी वा विराजमध्ये एकले नेतृत्व लिनुहुन्छ होला । अर्थात् पुरानोबाट एकले पाए पनि नयाँ अनुहारले अब अवसर पाउनुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro