
काठमाडौं । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट सिंगापुरले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करणको तयारी सुरु भएको जनाएको हो ।
प्रतियोगिताका लागि आवेदनसमेत खुला गरिएको छ । प्रतियोगितामा मिसतर्फ १८ देखि २८ र मिसेस्तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने प्रतियोगिताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन् ।
हेरिटेज पेजेन्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबैभन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवद्र्धन गर्ने प्रयास गर्दै आएको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।