site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'जनयुद्ध दिवस' खारेजीको माग गर्दै सर्वोच्चमा रिट, दर्ताको निर्णय भोलि हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

'जनयुद्ध दिवस' घोषणा गर्दै सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट पेस परेको हो ।

अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ता गर्ने वा नगर्ने निर्णय भने भइसकेको छैन । रिट अध्ययन गरी दर्ता गर्ने वा नगर्ने निर्णय भोलि मात्र हुने उनले बताए ।

'जनयुद्ध दिवस'का नाममा सार्वजनिक विदा दिने निर्णय गरेपछि सरकारको आलोचना भएको थियो । केही समूहले विरोध प्रदर्शन नै गरेका थिए ।

नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो । माओवादीले २०५२ देखि २०६२–०६३ को जनआन्दोलनसम्म सशस्त्र संघर्ष गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro