site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्तौलाको नियमापत्ति, पूर्णबहादुर खड्काले मागे माफी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको सभामुखको आसन तथा सांसद बोलिरहँदा त्यहीँ बीचबाट हिँड्न नपाइने भन्दै नियमापत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले नियमापत्ति जनाएका हुन् ।

“पटक–पटक मर्यादाविपरीत काम भइरहेको छ । प्रतिनिधिसभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही सदस्यलाई अनुमति हुँदैन,” बर्तौलाले भने, “पटक–पटक मर्यादाको धज्जी उडाउँदै सत्तापक्षका मान्यबाट यस्ता काम भइरहेको छ । सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।”

बर्तौलाले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले त्यसबारेमा ध्यान पुर्‍याउन आग्रह गरे । लगत्तै नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद पूर्णबहादुर खड्काले बोल्ने समय माग गर्दै माफी मागे ।

“अन्देखाका कारणले मान्यज्यूले उल्लेख गर्नुभएअनुसार मैले त्यो नियमावलीको दफालाई उल्लंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु,” खड्काले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro