site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्तिपूर्ण रूपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकको प्रारम्भमै समय माग गर्दै उनले प्रदेश नम्बर–१ को नाम कोसी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै, उनले यस किसिमका दुःखद घटनाको अन्त्य गर्न माग गरे । शान्तिपूर्ण रूपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै उनले यसमा हुने दमनलाई रोक्न आग्रह गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro