site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा ट्याक्टर पल्टँदा एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–५, तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका–७ का ४५ वर्षीय चक्र जेठाराको मृत्यु भएको हो । उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोहन्याल–५ का २० वर्षीया निर्मला रोकामगर र ४० वर्षीया गौमती विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बेलुका करिब पौने ८ बजे से२त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro