site stats
राजनीति
नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको छ : माधव नेपाल
फाइल तस्बिर।

गौर (रौतहट) । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । 

नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिसरमा आज आयोजना गरेको नेपाल–भारतमैत्री संवादमा उनले नेपाल–भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहिआएकाले यसलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

Himalayan Bank
Agni Group

अध्यक्ष नेपालले भने, “हाम्रो खुला बोर्डरले धेरै सुविधा दिएको छ । यद्यपि, कहिलेकाहीँ समस्या निम्तिने गरेको भए पनि खुला सिमानाका कारण दुवै देशका नागरिकले फाइदा लिइरहेका छन् ।”

पूर्वप्रधानमन्त्री नेपालले सीमा क्षेत्रका जनताले मलखादको समस्या भोग्नुपरेको स्मरण गर्दै मलखाद अभावमा कृषि क्षेत्र प्रभावित हुनु दुःखद् भएको बताए । किसानको समस्या समाधानका लागि विशेष पहल जरुरी रहेको उल्लेख गर्दै उनले स्थायी समाधानका लागि सरकारको ध्यान जानुपर्ने बताए ।

Global bank

लोसपाका नेता एवं पूर्वमन्त्री अनिलकुमार झाले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि चलिआएको बताउँदै आगामी दिनमा पनि यस सम्बन्धले जनस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

संवादमा नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्रप्रसाद यादव, भारतीय वाणिज्य दूतावास वीरगञ्जका प्रमुख नितिस कुमार, एकीकृत समाजवादीका नेता रेवन्त झा, महिला नेत्री अञ्जु झा, भारतका वरिष्ठ पत्रकार अमरेन्द्र तिवारीले नेपाल–भारतमैत्री सम्बन्धबारे आफ्ना धारणा राखेका थिए । रासस

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २२:०२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय