site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्चीको पानी सूर्यविनायक नपामा वितरण गर्न नौबुँदे सम्झौता
Himalayan Bank
Dabur nepal
Agni Group
Global bank

भक्तपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ ।
    
सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्यांकीबाट पानी वितरण गर्नेगरी केयूकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । 
    
नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयूकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । रासस

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय