site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमै बसेर काम गर्न अध्यक्ष ओलीको निर्देशन 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् । कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाइछ । 

काठमाडौंमा शनिबार आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको संगठन रिटर्नी फेडेरेसनको नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विदेशमा बसेर फर्केकाहरूले ज्ञान, सिप, संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउन रिटर्नी फेडेरेसनको नेतृत्वलाई निर्देशन दिए । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यहीँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्ने बताए । 

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरूको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यक्ता रहेको पनि उनले औंल्याए । 
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्