site stats
विदेश
रोकियो राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण

लन्डन । अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण बेलायतका राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको छ । बकिङ्घम प्यालेसले शुक्रबार यसको जानकारी गराएको छ ।

शाही अधिकारीहरूले चार्ल्स र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतिक्षामा रहेको’ बताएका छन् ।

Himalayan Bank
Dabur nepal
Agni Group

बेलायतका राजा चार्ल्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको यसअघि बिहीबार बेलायत सरकारले जनाएको थियो । 

त्यस्तै, फ्रान्सका कुटनीतिक अधिकारीहरूले म्याक्रोँ विरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुपर्ने बताएका थिए ।

Global bank

राजा चार्ल्स र उनकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम तय भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २२:२१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय