site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफा वरीयतामा नेपाली महिला टिम तीन स्थान उक्लियो
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम फिफा वरीयतामा तीन स्थान उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १००औँ स्थानमा छ । यसअघि, नेपाल वरीयताको १०३औँ स्थानमा थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल एसियन टिमको वरीयतामा भने २०औँ स्थानमा छ । यस्तै, दक्षिण एसियामा नेपाल वरीयताको दोस्रो स्थानमा छ । दक्षिण एसियाली वरीयताको शीर्ष स्थानमा रहेको भारत फिफाको ६१औँ स्थानमा छ ।

दक्षिण एसियाको तेस्रो स्थानमा रहेको बंगलादेश १४०औँ स्थानमा छ । चौथो स्थानको श्रीलंका १५५औँ, पाँचौँ स्थानमा रहेको माल्दिभ्स १५९, छैटौँ स्थानमा रहेको पाकिस्तान १६१औँ स्थानमा र सातौँ स्थानको भुटान १७८औँ स्थानमा छन् ।

Global Ime bank

महिला फुटबलमा फिफाका कूल १८८ सदस्य वरीयतामा छन् । वरीयताको शीर्ष स्थानमा अमेरिका र पुछारमा मौरिसस छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC