site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
केनले तोडे रुनीको कीर्तिमान, इटालीमाथि इंग्ल्यान्डको जित
Ghorahi CementGhorahi Cement

काठमाडौं । ह्यारी केनले कीर्तिमानी गोल गरेको खेलमा इंग्ल्यान्डले बिहीबार राति युरो २०२४ को छनोट प्रतियोगितामा युरोपियन च्याम्पियन इटालीलाई २–१ ले हराएको छ । योसँगै केन इंग्ल्यान्डबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

छनोट प्रतियोगिताको समूह ‘सी’मा रहेको इंग्ल्यान्डका कप्तान केनले ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । इंग्ल्यान्डबाट केनको यो ५४औँ गोल हो । यो पूवस्ट्राइकर बायन रुनीभन्दा एक गोलले बढी हो ।

“मेरो लागि यो सबथोक हो,’’ केनले भने, “टिममा फर्किएर र इंग्ल्यान्डको जर्सी लगाउन पाउँदा धेरै उत्साहित छु । पेनाल्टीमा गोल गरेपछि धेरै भावुक भएँ । टिमका सबै सहकर्मी, कर्मचारी र प्रशंसकहरूलाई धेरै धन्यवाद ।’’

Agni Group

रुनीले १२० खेलमा ५३ गोल गरेका थिए । केनले ८१ खेलमा यो सफलता हासिल गरेका हुन् ।

गारेथ साउथगेटको इंग्ल्यान्डले मिडफिल्डर डेक्लान रिसेको गोलबाट १३औँ मिनेटमा अग्रता लिएको थियो ।

Global Ime bank

इटालीबाट डेब्यु गरेका स्ट्राइकर माटेयो रेतेगीले ५६औँ मिनेटमा गोलअन्तर कम गरे पनि घरेलु टोली अंक खोस्न भने असफल रह्यो ।

८०औँ मिनेटमा लुक साले दोस्रो पहेँलो कार्डको सामना गरेपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । इटालीले त्यसको फाइदा उठाउन पनि सकेन । योसँगै इंग्ल्यान्डले इटालीलाई उसैको मैदानमा ६२ वर्षपछि पहिलोपटक हराउन सफल भयो ।

इंग्ल्यान्ड कतार विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँग २–१ ले पराजित भएको थियो । त्यति बेला केन पेनाल्टीमा गोल गर्न चुकेका थिए । योपटक केन चुकेनन् ।

इटालीका रक्षक जियोभानी डी लोरेन्जोको हातमा बल लागेपछि रेफ्री सर्जन योभानोभिकले भिडियो सहायक रेफ्रीको सहायतामा पेनाल्टीको निर्णय दिएका थिए ।

इंग्ल्यान्ड लन्डनस्थित वेम्बली रंगशालामा सम्पन्न युरो २०२० को फाइनलमा इटालीसँगै पेनाल्टी सुटआउटमा पराजित भएको थियो । युरोपियन च्याम्पियन इटाली कतार विश्वकपमा छनोट हुन सकेको थिएन ।

जितसँगै तीन अंक जोडेको इंग्ल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा छ । इटाली पुछारमा छ । समान तीन अंक जोडेको नर्थ म्यासेडोनिया दोस्रो स्थानमा छ । नर्थ म्यासेडोनियाले गए राति माल्टालाई २–१ ले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC