1679582173.jpg)
विराटनगर । विराटनगरमा विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरी घरेलु टोली विराटनगर सिटीएफसी अन्तिम चारमा पुगेको छ ।
दुवै हाफ गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयको १२०औँ मिनेटमा एक गोल गरी विराटनगर अन्तिम चारमा पुगेको हो । दिवाकर चौधरीको पासमा अभिषेक गुरुङले प्रहार गरेको प्रहार गोलमा परिणत भएको थियो । विराटनगरमा लागि उनी सब्टिच्युटमा आएका थिए । दोस्रो हाफमा पनि गोलरहित बराबरी भएपछि अतिरिक्त ३० मिनेट थप भएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षबाट निर्धारित ९० मिनेटमा गोल हुन सकेन । प्रतियोगितामा दुवै टिममा अन्तिम समयसम्म गोल स्कोररको अभाव देखिएको थियो । तर, यो अभाव हटाउँदै खेलको अन्तिम समयमा विराटनगरका खेलाडी श्रेष्ठ गोल गर्न सफल भए ।

प्रतियोगितामा विराटनगरलाई पुलिसले निकै दबाबमा राखेपनि गोल गर्न चुक्यो । पुलिस 'ए' डिभिजनमा पनि संघर्ष गरिरहेको छ । यता, विराटनगरले भने सोही डिभिजनमा खेलिरहेका खेलाडीलाई समेटेर विराटनगर सिटीएफसी टिम तयार गरेको हो ।
चैत १७ गतेसम्म सञ्चालन हुने विराट गोल्डकपमा विभिन्न आठ टिम सहभागी छन् ।